ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष भलिबल प्रतियोगिता सुरु, ८ टीम सहभागी

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकास्थित ईन्द्र मध्यवर्ती सामुदायिक वन क्षेत्रको खेल मैदानमा नगर स्तरीय खुला वडा अध्यक्ष भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका ५ नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा ८ टीमले भाग लिएका छन् ।

पर्यटन प्रर्वद्धनका लागि गरिएको प्रतियोगिताको उघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडा अध्यक्षहरु केशव खत्री, पदम रावल, हरिसिंह धनाडी, ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य, अधिकारकर्मी नन्द खत्री, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका वरिष्ठ सई महेन्द्र सिंह थापा,काँग्रेसका नेता महेन्द्र बिष्ट लगायतका सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा प्रदेश सभा सदस्य रानाले दोधारा चाँदनी नगरपालिकाको खेलको विकासको लागि प्रदेश सभाबाट सहयोग हुने प्रतिबद्धता जाहेर गरे । प्रतियोगिता आयोजना गरिएको सामुदायिक वन क्षेत्र पिकनिक स्र्पोट तथा विभिन्न जातका माछा तथा पंक्षी पाईने दारा तालको हेर्न पर्यटक आउने गरेका छन् ।

झण्डै १९.२ हेक्टरमा फैलिएको सामुदायिक बन क्षेत्रमा त्यहाँ पाईने चराहरु, पिकनिक स्र्पोट तथा दारा तालमा पाईने बिभिन्न जातका माछा तथा टाढा टाढाबाट आउने चराहरुले भलिवल प्रतियोगितालाई थप रोमाञ्चक बनाएको स्थानीय बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...