ghar sansar

दोधारा चाँदनीमा सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सार्वजनिक बाटो

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष ओंम बस्नेतले वडामा रहेको अतिक्रमित सार्वजनिक बाटो खोलेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न एक सार्वजनिक सूचना प्रकाशित गरी अतिक्रमण गरिएका सरकारी जग्गा दोधारा चाँदनी– ६ का वडाध्यक्ष ओंम बस्नेत कस्सिएका छन् । उनलाई स्थानीयले निकै साथ र सहयोग दिदै आएका छन् ।

,orning glory badhai

वडामा रहेका सार्वजनिक जग्गा खाली गर्न वडा कार्यालयले सबैमा जानकारी गराए संगै वडाबासीले वडाध्यक्ष बस्नेतको कामलाई आत्मसाथ सहयोग गरेको स्थानियबासी अन्जु थापाले बताइन् । आइतबार वडाको सुनखारी टोलमा झण्डै आधा किलोमिटर अतिक्रमित बाटो खोलेका छन् ।

dirghayi clinic

सुनखरी टोलमा रहेको ५० सय्याको निमार्णधिन अस्पाताल र नजिकै रहेको चिस्यान केन्द्रमा पुग्न स्थानियहरुलाई सहजताको लागी समेत अतिक्रमित जग्गा खोल्न आवश्यक भएको अन्जु थापाले बताइन् ।

‘बाटो नहुदा घरमा साईकल जानमा समस्या भएको थियो, वडाध्यक्ष ओंमदाई संग हामी गाँउले सहकार्य गरी विगत लामो समय देखि अतिक्रमण भएको सरकारी बाटो खोल्न थालेको छौं’ अन्जुले भने– ‘बाटो खोले संगै हामी झण्डै २० घरपरिवारहरु लाभान्भित भएका छौं ।’

अतिक्रमणका रहेको सरकारी बाटो खोल्न वडाध्यक्ष ओंम बस्नेतलाई स्थानियहरुले सहयोग गर्दै आएको अर्का स्थानियबासी पुजा थापाले बताएका छन् । ‘पहिलाका जनप्रतिनिधीहरुलाई अतिक्रमण भएको सरकारी बाटो खोल्न अनुरोध गर्दै आएको थियौं, तर खुल्न सकेको थिएन् ।

अहिले आएर वडाध्यक्ष ओंमजी आए संगै बाटो खुल्यो, हामीलाई राम्रो भएको छ्’ पुजा थापाले भने । वडा अध्यक्ष बस्नेतले सुनखरी टोलमा वर्षौदेखि अतिक्रमणमा रहेको बाटो खोलेसंगै स्थानियहरुलाई कुटानी पिसानी तथा आवत जावत गर्न सहज भएको स्थानियबासी अमित बस्नेतले बताएका छन् ।

दोधारा चाँदनी– ६ का वडाध्यक्ष ओंम बस्नेतले बिगत लामो समय देखि अतिक्रमणमा रहेको सार्वजनिक बाटो खोल्न सहयोग गर्ने स्थानियलाई धन्यवाद दिदै चाडै उक्त बाटोमा ग्रबिलिङ्ग गरि बाटो व्यवस्थित गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...