ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैं, केही समयपछि प्रदेश सभा बैठक सुरु

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिँदै छन् । बिहान ११ बजे सुरु हुने प्रदेशसभाको बैठकमा रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने छन् ।

dirghayi clinic

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेपछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै विश्वासको मत लिन सहज भएको बताइएको छ ।

,orning glory badhai

तर नागरिक उन्मुक्तिले सरकारलाई विश्वासको मत नदिने जनाएको छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतको सरकारका लागि २७ जना आवश्यक पर्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ ।

नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । अहिले उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ। तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ ।

Himal dental
सम्बन्धित
Loading...