ghar sansar

बाणिज्य संघको चिनो मञ्चमै छाडेर गए मन्त्री भण्डारी

little buddha academy
khasi

महेन्द्रनगर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुर उद्योग बाणिज्य संघले दिएको मायाको चिनो र खादा मञ्चमा छाडि दिएका छन् ।

संघले आयोजना गरेको १४ आंै रु १४ औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीलाई आयोजक संघले मायाको चिनो र खादा लगाएको हो । कार्यक्रम सकिएपछि मन्त्री भण्डारीले चिनो र खादा दुबै मञ्चमा छाडेका हुन् ।

,orning glory badhai

प्रधानमन्त्री दाहालसगै मन्त्री भण्डारी र स्वास्थ्य मन्त्री पदम गिरी सहभागी भएका थिए । कार्यक्रम आशन ग्रहणपछि उनीहरु दुबैलाई खादा र समापनमा मायाको चिनो दिइएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले मन्त्री भण्डारी सहितलाई मायाको चिनो प्रदान गरेका थिए ।

मायाको चिनो दिएपछि मन्त्री भण्डारीले मञ्चमा बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीसित केही कुरा गरी चिनो र खादा मञ्चमा राखेका थिए । त्यसपछि उनी प्रधानमन्त्री दाहालसंगै मञ्चबाट बाहिरिएका थिए ।

dirghayi clinic

उद्घाटन कार्यक्रममा संघले मन्त्री भण्डारीलाई आमन्त्रण गरेर पनि मन्तव्य राख्न नदिएपछि उनले अध्यक्ष जोशीसित असन्तुष्ट देखिएका हुन् ।

उद्घाटन कार्यक्रममा एमालेका साँसद तारालामा तामाङ्ग र काँग्रेसका साँसद रमेश लेखकलाई बोल्न दिएपछि सिधै प्रधानमन्त्री दाहाललाई मन्तव्य लागि आग्रह गरिएको थियो । प्रधानमन्त्री दाहालले बोल्न अघि मन्त्रीद्वय भण्डारी र गिरीलाई बोल्न दिने अपेक्षा गरिएको थियो ।

कार्यक्रम उद्घोषक कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव खगेश्वर बोहराले साँसद लेखक बोलेपछि सिधै प्रधानमन्त्रीलाई बोलाएपछि मञ्चमा उपस्थितले एक अर्कालाई हेरेका थिए ।

‘अरुलाई बोल्न नदिए पनि मन्त्रीहरुलाई त बोल्नु दिनु पर्ने थियो, यो बाणिज्य संघको ठूलो भूल हो’ कार्यक्रमपछि संघका एक पूर्व पदाधिकारीले भने ।

बाणिज्य संघ स्रोतका अनुसार मन्त्री भण्डारीलाई बोल्ने दिने कार्यक्रम भए पनि वक्ताको सूची बनाउँदा कम्युटर टाइप गर्ने क्रममा छुटेपछि उनी मन्तव्य राख्नबाट छुटेका छन् ।

Himal dental
सम्बन्धित
Loading...