ghar sansar

प्रधानमन्त्रीका सुरक्षा अधिकारीले बोल्ने सूचीबाट मन्त्री भण्डारीको नाम हटाएको खुलासा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक पिताम्बर जोशीले मन्त्री भण्डारीलाई बोल्न समय व्यवस्थापन गर्न नसकेकोमा क्षमा मागेका छन् ।

‘प्रधानमन्त्री ज्यूको मन्तव्य अघि उहाँ (मन्त्री भण्डारी)को बोल्ने कार्यक्रम तय थियो, तर प्रधानमन्त्रीका सुरक्षा अधिकारीले काठमाडौँ फर्किन ढिलो हुने भन्दै नाम काटे,’ उनले भने, ‘त्यसपछि सिधै प्रधानमन्त्री बोल्नु भएको हो, मन्त्री ज्यूलाई समयउ व्यवस्थापन गर्न नसकेकोमा हामी क्षमा माग्छौँ ।’

,orning glory badhai

मन्त्री भण्डारीलाई मन्तव्य राख्न नदिएको भन्दै संघको चौतर्फी आलोचना भएको छ । एमालेका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेर संघको आलोचना गरेका छन् ।

‘कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रम कुण्ठित मानसिकताबाट चलेको जस्तो अनुभुति भयो, कसैलाई अपमानित हुने तरिकाले कार्यक्रम सञ्चालन गर्नु उचित होइन,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफू स्वतन्त्र भन्ने तर कुनै पार्टीका नेतालाई खुशी पार्न भक्ती गान गाउन ठिक होइन ।’

dirghayi clinic

आफ्नै क्षेत्रमा महोत्सवको उद्घाटन कार्यक्रममा बोल्न नपाएपछि वाणिज्यमन्त्री भण्डारी रुष्ट बनेका छन् । वाणिज्यमन्त्री भण्डारीको सचिवालयले यसप्रति आपत्ति जनाएको छ ।

‘अतिथिका रुपमा बोलाएर अपमान गर्ने काम भयो, उद्घाटन समारोहमा सरोकारवाला मन्त्रालयको मन्त्रीलाई नै बोल्न नदिनु ठिक भएन,’ सचिवालयका एक सदस्यले भने, ‘यो राम्रो व्यवहार भएन।’

मन्त्री भण्डारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत हुन। उनलाई बोल्न नदिएकोप्रति एमालेका नेता कार्यकर्ता र उद्योगी, व्यवसायीहरुले आलोचना गरेका छन् ।

बैतडीबाट निर्वाचित भण्डारी मन्त्री भण्डारी यसअ अर्थ राज्यमन्त्री हुँदा छेला औद्योगिक क्षेत्र घोषणा गराउन भूमिका निर्वाह गरेका थिए । अघिल्लो पटक उनी साँसद हुँदा महाकाली कोरिडोरलाई बहुवर्षिय ठेक्का बनाउन सक्रिय रुपमा लागेका थिए ।

प्रधानमन्त्री दाहाल बोल्नु अघि कांग्रेस नेता एंवम् कञ्चनपुर–३ का सांसद रमेश लेखक र कञ्चनपुर–१ का सांसद तारालामा तामाङ बोलेका थिए।

Himal dental
सम्बन्धित
Loading...