ghar sansar

उन्मुक्तिले एमालेझै काँग्रेसलाई पनि विश्वासको मत दिँदैन : भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारुढ गठबन्धन अहिले समस्या नरहेको भन्दै गठबन्धन कायम रहने बताएका छन् । बिहीवार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।

भट्टले राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या नरहेको र एमाले नेतृत्वको गठबन्धन कायम रहने दाबी गरे । यस्तै उनले सबै गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने पनि बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनका वेला भएको सहमतिअनुसार नै राष्ट्रपति चयन हुने उनले जिकिर गरे ।

,orning glory badhai

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ? भन्ने आमचासो छ। राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ’, भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुने गरी उपयुक्त उम्मेदवार उठाउँछ। गठबन्धन कायम रहन्छ ।’

dirghayi clinic

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्तिलाई इंगित गरेको भन्दै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने जनाए । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उनको भनाइ छ।

यस्तै उनले सुदूरपश्चिमको सन्दर्भ जोड्दै टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा एमाले नेतृत्वको गठबन्धन सरकार ढलेको र अहिलेको कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए ।

‘रेशम चौधरीजीको रिहाइ उहाँहरू (नागरिक उन्मुक्ति)को शर्त थियो । उहाँको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको र विचाराधीन भएकाले सरकारले चाहेर या नचाहेर पनि तत्काल छुटाउन सक्ने अवस्था केही हुने अवस्था थिएन तर हामीले सरकारका तर्फबाट सक्दो पहल गर्छौँ भनेका थियौँ’, भट्टले थपे, ‘रेशमजीले त्यो कुरा बुझ्नु भएन । उहाँले तत्कालै छुटाउनु पर्छ भनेर भन्नु भयो । सर्वोच्चमा विचाराधीन मुद्दामा राजनीतिक निर्णय गर्ने कुरा भएन ।’

अब उन्मुक्तिले विश्वासको मत नदिए यो सरकार पनि ढल्ने र माओवादीले अहिलेकै अवस्थामा काङ्ग्रेसलाई मत नदिने उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...