ghar sansar

एमालेलाई बल्ल दुख्यो मन्त्री भण्डारीलाई खुला मञ्चमा बोल्न नदिएको पीडा, राष्ट्रिय उद्योग व्यवसाय फाँटबाट विज्ञप्ति निकालेर गर्न लगायो विरोध

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेको नेपाल राष्ट्रिय उद्योग, व्यवसाय फाँट कञ्चनपुरले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोल्न नदिएकोमा आपत्ति जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै फाँटले आपूर्तिमन्त्री भण्डारीलाई सम्बोधनको समय उपलब्ध नगराइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

,orning glory badhai

उद्योग, वाणिज्य संघ कञ्चनपुरको आयोजनामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७९ को फागुन १ गतेको उद्घाटन कार्यक्रममा आपूर्तिमन्त्री भण्डारीलाई बोल्न दिइएको थिएन ।

केही वर्षयता कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रहेका व्यक्तित्वहरूबाट नेकपा एमाले सम्बद्ध संघसंस्था, व्यक्ति, उद्यमी, व्यवसायी, कृषक, विद्यार्थी तथा युवाप्रति गर्ने गरेको कटुतापूर्ण एवं पूर्वाग्रही व्यवहार गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

dirghayi clinic

‘मेलाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघले माननीय मन्त्री दामोदर भण्डारीज्यूलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरी कार्यक्रमका लागि तयारी गरिएको तालिकाअनुसार नगई सम्बोधनका लागि समय उपलब्ध नगराउनु कुनै त्रुटि नभई राजनीतिक पूर्वाग्रह हो भन्ने ठहर गर्दै उक्त कार्यको घोर भत्र्सनाका साथै कडा आलोचना जाहेर गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

कञ्चनपुरको समग्र विकासको निम्ति नेकपा (एमाले) लाई उपेक्षित गरी अगाडि बढ्ने कुरा अस्वाभाविक भएकाले यस्तो कल्पना समेत नगर्न कञ्चनपुर उद्योग वाणिज्य संघलाई एमालेको उद्योग, व्यवसाय फाँटले ध्यानाकर्षण गराएको छ ।

पटक–पटक कञ्चनपुर उद्योग वाणिज्य संघले देखाएको गैरजिम्मेवारीपन, राजनीतिक पूर्वाग्रह र संकीर्ण सोचले उद्योगी, व्यवसायी अपमानित हुनुपरेको फाँट प्रमुख विष्णु कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यस किसिमको गल्ती नदोहो–याउन र व्यावसायिक चरित्र देखाउन संघको नेतृत्व र पदाधिकारीलाई उसले सचेत गराएको छ। यसअघि उद्योग वाणिज्य संघले एक बिज्ञप्ति निकाल्दै मन्त्री भण्डारीलाई सम्बोधनका लागि समय उपलब्ध गराउन नसक्नु त्रुटि भएको भन्दै माफि मागेको थियो ।

Himal dental
सम्बन्धित
Loading...