ghar sansar

दोधारा चाँदनीका मेयरका पीएकी पत्निलाई जागिर दिएको भन्दै अख्तियारमा उजुरी, उप मेयर सहितले गरे कार्यालयमै छलफल

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुका स्वकीय सचिव चन्द्र प्रकाश खत्रीका धर्मपत्नीलाई प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्वास्थ्य बिमा व्यवस्थापक पदका लागि छनौट गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको छ ।

dirghayi clinic

नगरपालिकाले बिहीबार छनौट गरिएको सूचना सार्वजनिक गरेपछि स्थानीयले राजनीतिक पहुँचका आधारमा गरिएको भन्दै अख्तियारमा मौखिक उजुरी गरेका छन् ।

नगरपालिकाले बिहीबार खत्रीकी पत्नि गीता रावतलाई छनौट गरिएको सूचना सार्वजनिक भएपछि चौतर्फी विरोध भएको छ । दोधारा चाँदनीका स्थानीयले राजनीतिक पहुँचका आधारमा जागिर खुवाएको भनेर मौखिक उजुरी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट जानकारी आएको छ ।

विरोध भएपछि शुक्रबार उप मेयर गंगा देबी जोशी, वडा सदस्य गगन बहादुर शाही, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्र, योजना अधिकृत भान देब भट्ट लगायत छलफल गरेको कार्यालय स्रोतको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...