ghar sansar

दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गरिएको दुई वर्षपछि सम्पर्क कार्यालय, मन्त्री भण्डारीले गरे उद्घाटन

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीमा दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय खोलिएको छ । औद्योगिक क्षेत्र शिलान्यास गरिएको दुई वर्षपछि सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मंगलबार कार्यालय उद्घाटन गरेका छन् । उनले औद्योगिक क्षेत्र सञ्चालनलाई प्राथमिकता दिएर कार्यालय खोलिएको दावी गरे ।

,orning glory badhai

‘यो कार्यालय खोल्नका लागि मात्रै खोलिएको होइन्, कार्यक्रममा मन्त्री भण्डारीले भने,‘यो यस औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकता राखेर कार्यालय खोलेका छौ ।’

चार दिन अघि औद्योगिक क्षेत्र स्थलगत निरीक्षण गरी मन्त्री भण्डारीले सम्पर्क कार्यालय खोल्ने जानकारी गराएका थिए । उनले निरीक्षणका क्रममाा दुई साताभित्र औद्योगिक क्षेत्रको भोगाधिकार पनि टुङ्गो लगाउने बताएका थिए ।

dirghayi clinic

औद्योगिक क्षेत्र निरीक्षणपछि गृह जिल्ला बैतडीबाट फर्केर मन्त्री भण्डारीले सम्पर्क उद्घाटन गरेका छन् । उनी औद्योगिक क्षेत्र व्यवस्थापन लि.का महाप्रबन्धक सञ्जयलाल मानन्धर सहित आएका हुन् ।

झण्डै तीन दशक अघि २०५१ तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि सरकारले सात वर्ष अघि २०७२ मा औद्योगिक क्षेत्र बनाउने निर्णय गरी प्रक्रिया सुरु थालिएको थियो ।

दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । त्यसपछि रुख छपान प्रक्रिया अघि बढे पनि निर्माण कार्य अघि बढेको छैन ।

मन्त्री भण्डारीले सम्पर्क कार्यालय खोलेर औद्योगिक क्षेत्र सञ्चालनसंग सम्बन्धित कामकाज गर्न सहजता आउने उल्लेख गरे ।

२२ हजार जनालाई रोजगारी पाउने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्र सञ्चालनका लागि ९ अर्ब बजेट चाहिने भएको छ । औद्योगिक व्यवस्था लि. महाप्रबन्धक मानन्धरले सरकारले चरण चरणमा गरी औद्योगिक क्षेत्र सञ्चालनका लागि बजेट दिने जानकारी दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, पूर्व साँसद नर बहादुर धामी, संविधान सभा सदस्य कृपाराम राना, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, बेदकोट उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्द लगायतले मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...