ghar sansar

पुल मात्रै होइन, मेरो सपना नै भत्किएको छ – पूर्व गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकले महाकाली नदीको झोलुङ्गे पुल भत्किँदा आफ्नो ठूलो सपना भत्किएको अनुभूति भएको बताएका छन् ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको उक्त ऐतिहासिक पुलको शुक्रबार बिहान स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन् ।

dirghayi clinic

पुल निर्माणको योजनादेखि सम्पन्न हुँदासम्म आफू प्रत्यक्ष संलग्न रहेको स्मरण गर्दै पूर्वगृहमन्त्री लेखकले दोधाराचाँदनीलाई सिङ्गो देशसँग जोड्ने यो पुल सामान्य आवतजावतको साधन मात्र नभई राष्ट्रकै गौरवपूर्ण सम्पदा भएको उल्लेख गरे ।

यस पुलले विगतमा नेपाली भूमि जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गरेको चर्चा गर्दै उनले ऐतिहासिक महत्त्व बोकेको यस संरचनाको यथाशीघ्र पुनर्निर्माण र संरक्षणमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...