ghar sansar

खुला मञ्चमा देउवाले सुन्दै सुनेनन् रावलको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सत्ता साझेदार एकीकृत समाजवादीको साँसद पूर्व मन्त्री प्रकाश रावलका आग्रहलाई सार्वजनिक कार्यक्रममा वेवास्ता गरेका छन् ।

खुला मञ्चमा १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन कार्यक्रममा रावलले कार्यक्रमका प्रमुख अतिथि देउवालाई कञ्चनपुर उद्योग बाणिज्य संघलाई मेलाका लागि प्रदर्शनी स्थल बनाउन बजेट घोषणाका लागि आग्रह गरेका थिए । उनले आफ्नो मन्तव्यको क्रममा कार्यक्रमका प्रमुुख अतिथि देउवाले प्रदर्शनी स्थल बनाउने बजेटका लागि मञ्चबाट घोषणा गर्ने आशा व्यक्त गरेका थिए ।

,orning glory badhai

पूर्व अर्थमन्त्री रावलले पूर्वाधार मन्त्री देउवालाई पहिलो कञ्चनपुर आएको भन्दै उनको प्रशंसा गरेपछि प्रदर्शनी स्थल लगायतका पूर्वाधार बनाउन बजेटका लागि आग्रह गरेका थिए ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार मन्त्री देउवाले मन्तव्यका क्रममा प्रदर्शनी स्थल बनाउन गरिएको रावलको आग्रहलाई वेवास्ता गरेका छन् । उनले प्रदर्शनी स्थल बनाउने कुरा सम्बोधन नगरी मन्तव्य सकेका छन् । उनले पूर्ववर्ती सरकारले टुक्रे योजना बनाएर भ्रष्टाचार नगर्ने घोषणा गरेका छन् ।

‘यस अघि टुक्रे योजना ल्याएर भ्रष्टाचार गरिएको छ, यस पटक म त्यस्तो गर्दैन’ कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सव समापन कार्यक्रममा उनले भने,‘अब त्यस्ता टुक्रे योजना ल्याएर भ्रष्टाचार गरिदैँन ।’

माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको पूर्ववर्ती सरकारमा काँग्रेसले दुई मन्त्रालय लिएको थियो । भट्ट नेतृत्व सरकारका आर्थिक मामिला मन्त्री एकीकृत समाजवादीका नेता प्रकाश रावलसंगै बसेका उनले पूर्ववर्ती सरकारलाई भ्रष्टाचारमा मुछेका छन् । समाजवादीका दीर्घ सोडारी भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

अहिले काँग्रेस र एकीकृत समाजवादीले सरकार चलाएका छन् । समाजवादीका नरेश शाही आन्तरिक मामिला मन्त्री छन् ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूल दलको हैसियतमा काँग्रेसले सरकार बनाएको छ । काँग्रेस नेतृत्वको सरकारले पनि विश्वासको मत पाउनेमा आशंका छ ।

Himal dental
सम्बन्धित
Loading...