ghar sansar

एमाले राष्ट्रिय शक्ति नभएसम्म राजनीतिक स्थिरता आउँदैन : पूर्व मन्त्री राना

khasi

महेन्द्रनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य पूर्व मन्त्री नारदमुनि रानाले राजनीतिक स्थिरताका लागि एमाले फेरि राष्ट्रिय शक्ति बन्नु पर्ने बताएका छन् । एमालेले सञ्चालन गरेको मिन ग्रास रुट कार्यक्रमका लागि कञ्चनपुरमा रहेका नेता रानाले एमाले राष्ट्रिय शक्ति नभएसम्म राजनीतिक स्थिरता नहुने दावी गरे ।

‘अहिले हामी जनताका बिच नेता, कार्यकर्ता सबै गई रहेका छौ, सरकारमा छौ, त्यहाँ भई रहेका र विगतमा गरिएका कामबारे जानकारी गराई रहेका छौ’ शुक्रबार प्रेस चौतारी नेपाल कञ्चनपुरले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘अहिले पनि राजनीतिक स्थिरतता नहुने अवस्था हुन सक्छ, एमाले देशको सबैभन्दा ठूलो शक्ति राष्ट्रिय शक्ति बन्दैन, तबसम्म राजनीतिक स्थिरता हुँदैन ।’

एमालेले लोकतन्त्र, राजनीतिक स्थिरतता, मानव अधिकार, जनजीविकाका सवाल उठाउँदै आएको उल्लेख गर्दै उनले अहिले लोकतन्त्र धेरै अप्ठेरोमा परेको चिन्ता व्यक्त गरेका छन् ।

dirghayi clinic

यस अघि २०७४ मा एमाले ठूलो दल बनेपछि बहुमत नपुगेको र जनादेश खण्डित भएपछि राष्ट्रिय शक्ति बन्न नसकेको नेता रानाको भनाई थियो ।

‘हो, २०७४ मा ठूलो बनेको हो, बहुमत पुगेन, जनादेश खण्डित भएपछि राष्ट्रिय शक्ति बन्न सकेनौ’ उनले भने,‘संविधानमा प्रमलाई संसद विघटनको अधिकार छ, त्यस कारण विघटन गरिएको हो, पहिलो पटक गर्दा पुनःस्र्थापन गरियो, दोस्रो पटक गर्दा पनि पुनस्र्थापन गरियो, त्यसपछि परमादेशबाट सरकार बनेपछि राजनीतिक अस्थिरता देखियो ।’

एमालेको संगठन सुदृढीकरण र विस्तारका लागि मिसन ग्रास रुट सञ्चालन गरिएको नेता रानाले जानकारी दिए । उनले मिसन ग्रास रुटमा सैद्धान्ततिक र वैचारिक रुपमा पार्टी र संगठन बलियो बनाउने लक्ष्य लिइएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य लिला भण्डारी, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय प्रतिनिधि पवित्रा तिमल्सिना, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य ईश्वरी शर्मा, जिल्ला कमिटी सदस्य लोकेन्द्र प्रसाद पन्त लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...