

महेन्द्रनगर । लुम्बिनी लायन्सलाई भारी अन्तरले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।
शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटको भारी अन्तरले पराजित गर्दै सदूरपश्चिम तेस्रो प्रयासमा पहिलो पटक च्याम्पियन बनेको हो । सुदूरपश्चिम यसअघिका २ वटा फाइनलमा पुगे पनि फाइनलमा परारजित हुँदै उपाधिबाट विमुख हुँदै आएको थियो ।


२०८१ मा भएको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत वर्ष भएको दोस्रो संस्करणमा सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो । यस पटक लुम्बिनीलाई बदला लिन सफल भएको छ ।
एनपिएलको फाइनलअन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १३ ओभरमा विकेट नगुमाइ १४० रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याइरहेको हो । अहिले शतक बनाइसकेका जर्ज मुन्सी र विनोद भण्डारी क्रिजमा छन् ।
साभार : सौर्य दैनिक
