ghar sansar

एमाले पोलिटब्युरो सदस्य राना भन्छन्– सत्ता गठबन्धनको निरन्तरताका लागि पुस १० को सहमति जस्ताको त्यस्तै कार्यान्वयन हुन आवश्यक छ

khasi

महेन्द्रनगर । एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानाले पुस १० गतेको सहमति कार्यान्वयन भए सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका छन् । उनले सहमति जस्ता त्यस्तै कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

dirghayi clinic

‘पुस १० गतेको सहमति जस्ताको त्यस्तै कार्यान्वयन भयो भने सबै कुराको निरन्तरता हुन्छ’ एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘अहिलेको सबै कुरा भनेको सहमति जस्ताको त्यस्तै कार्यान्वयनमा नै हो ।’

Anant bahu travels

एमालेले देशव्यापी सञ्चालन गरेको मिसन ग्रास रुट अभियानका लागि नेता राना कञ्चनपुर आएका छन् । उनले जनतासित पार्टीको सम्बन्ध बलियो बनाउन र संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...