ghar sansar

प्रचण्डजस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता हुँदैन : पूर्व मन्त्री गुरुङ्ग

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङले नेपालमा पछिल्लो समय राजनीति विकृत बनिरहेको बताएका छन् । धनगढीमा मानवअधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

dirghayi clinic

उनले हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता अस्थिर नेता हुँदासम्म राजनीतिक स्थिरता नहुने पनि बताए । राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको दाबी गरे ।

,orning glory badhai

उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ ।’

आफ्नो प्रतिबद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै जनताले सजाय दिनेसमेत उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...