ghar sansar

फ्लोरिडाले मनायो २२ औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित फ्लोरिडा इन्टरनेशनल बोर्डिइन्टरनेशनल बोर्डिङ्ग सेकेन्ड्री स्कुलले २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

विद्यालयका प्रिन्सिपल जयराज ओझाको अध्यक्षतामा गरिएको कार्यक्रममा पठनपाठन, खेलकूद सहितका विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई पुस्कार वितरण, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम गरिएका छन् ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा विद्यालयका प्रिन्सिपल ओझाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै फ्लोरिडा अध्ययन गरेका विद्यार्थी सरकारी जागिरे सहित देश विदेशका विभिन्न क्षेत्रमा कार्यरत भएको जानकारी दिए ।

उनले समय साक्षेप प्राविधिक शिक्षामा जोड दिदै आएको उल्लेख गर्दै नर्सरीदेखि कक्षा १ सम्म बालमैत्री कक्षा सञ्चालन गरिएको बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष सुरेन्द्रराज ओझा, प्रभात विद्या निकेतका प्रिन्सिपल शंकरदत्त भट्ट, नव प्रतिभाका प्रिन्लििटिल बुद्ध एकेडेमकी प्रिन्सिपल श्याम सिह मौनी, अमिटी कलेजका प्रिन्सिपल रविन्द्र अवस्थी, ब्रिक्सन कलेजका प्रिन्सिपल निशा भट्ट, नव प्रतिभाका प्रिन्सिपल बीर बहादुर चन्द, जनज्योति क्याम्पसका हरि प्रसाद खतिवडा, बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युराज कलौनी लगायतका शिक्षक, विद्यार्थी, अभिभावक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...