ghar sansar

मेलाली नगरपालिका ९ का वडा अध्यक्ष भन्छन् – तीन वर्षभित्र वडालाई झिलिमिली बनाउँछु ।

little buddha academy
khasi

बैतडी । मेलौली नगरपालिका ९ का वडा अध्यक्ष लोक राज भट्ट नमुना वडा बनाउन निरन्तर रुपमा स्थानीयको साथ लिएर अघि बढ्ने बताउँछन् । विगतमा भएका राम्रा कामबाट प्रेरणा लिदै र कमजोरी सुधार गरी स्थानीयलाई सहज रुपमा सेवा सुविधा दिने कार्यमा आफ्ू सक्रिय रुपमा लाग्ने उनको भनाई छ ।

२०५४–५५ तिर प्रोजेक्ट बनाउदै गर्दा साबिकको बिशालपुर, भागेश्वर १,२ वडा मा बत्ती बले पनि भागेश्वरले विकास गरेर मेन प्रसारण को लाइन पुगाइ सक्दा पनि, मेलौली ९ मा भएको लाइन पनि लथालिङ्ग अवस्थामा पुगेको छ । विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै ५ सय ३० घरधुरीमध्ये ४८ घरधुरी र एक विद्यालयमा विद्युत पुगाइ सकेको २.५ बर्षभित्र सबै घरधुरीमा विद्युत पुगाई सक्ने अध्यक्ष भट्ट बताउँछन् । वडामा विद्युत पुगाउन सहयोग जुटाइ रहँदा अहिले नेपाल विद्युत प्राधिकरणको पूर्ण विद्युतीकरण शाखाबाट फाइल स्वीकृत भएको भट्टले बताए ।

,orning glory badhai
dirghayi clinic

विगतको तथ्यांक लाई हेर्दा नाजुक अवस्थामा शिक्षा क्षेत्रलाई छिट्टै परिवर्तन ल्याउन कदम चालिएको भट्टले बताए । ४ वटा सरकारी विद्यालय र एउटा निजी विद्यालय भएको वडाको शिक्षा क्षेत्र सुधारका ला्िग शैक्षिक कार्यक्रम शिक्षक, विद्यार्थी र अभिभावक लाई सक्रिय र सजक बनाउन क्यामेरा जडान लगायत कार्यक्रम गरिने भट्टले बताए ।

किसानका समस्यालाई मध्यनजर गरी पोषणका लागि पनि नमूना कृषि अभ्यास ,नमुना थोपा सिँचाइ सञचालनमा ल्याएको, आय मुलक वृक्षारोपण, अव्यवस्थित बसोबासीलाई समेट्ने गरि सामुदायिक भुमि व्यवस्थापन अभ्यास विकास गर्नु लागेको उनको भनाई छ ।

कृषिको उर्वरा शक्ति बढाउन माटो जाँच आवश्यक भएकोमा जोड दिँदै उनी माटो परीक्षण नगरी कृषि गरिने भएको सोचेको जस्तो उत्पादन नहुने भएकोले , अब प्राकृतिक उर्वर शक्ति पहिचान गरि कृषिलाई अघि बढाउने उनको लक्ष्य छ ।

वास्तविक किसानले सेवा सुविधा नपाउने र नाम र कागजमा मात्र सीमित भएका कृषकले सेवा सुविधा लिँदै गरेका अनैतिक कार्य अन्त्यका लागि वडामा रहेका १२ वटा कृषि फार्मलाई सक्रिय बनाई सबैलाई उत्पादनमुखी आत्मनिर्भर बनाउन आफुले निरन्तर कदम चाल्ने अध्यक्ष भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...