ghar sansar

स्ववियु चुनावका लागि दर्जन क्याम्पसमा समाजवादी अखिलको संगठन दर्ता

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनका लागि चुनाव हुने क्याम्पसमा संगठन दर्ता गरेको छ ।

dirghayi clinic

अनेरास्ववियू कञ्चनपुरका संयोजक प्रज्वल कुवँरले त्रिविको निर्वाचन कार्य तालिका अनुरुप कञ्चनपुरका १२ क्याम्पसमा संगठन दर्ता गरेको बताए । उनका अनुसार संगठन दर्तासंगै स्ववियू निर्वाचनका लागि अनेरास्ववियूले थप कार्यक्रम गरिनेछ ।

,orning glory badhai

जिल्ला संयोजक कुँबरका अनुसार सिद्धनाथ विज्ञान क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, बालजागृती कलेज, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, दानेश्वरहरी बहुमुखी क्यापस, भानु बहुमुखी क्याम्पस, कृष्णबैजनाथ बहुमुखी क्याम्पस, उदय सरस्वती क्याम्पस, कञ्चन बहुमुखी क्याम्पस, महाकाली बहुमुखी क्याम्पस बेलौरी, शारदा विद्यापिठ र वारिधी कलेजमा संगठन दर्ता गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...