ghar sansar

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादी साँसदलाई प्रधानमन्त्रीको निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन भनेका छन् ।

सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

,orning glory badhai
dirghayi clinic

सरकारसँगै केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

‘केन्द्रमा एउटा समिकरण बन्ने तर प्रदेशमा त्यो अनुसार काम नहुने भन्ने हुँदैन । प्रधानमन्त्रीज्यूले सत्ता साझेदारी लगायतका विषयमा पछि कुरा गर्दै गरौंला अहिले विश्वासको मत दिनुस् भन्नुभएको हो,’ उनले भने ।

शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। माओवादीले मत दिएमा शाहले विश्वासको मत पाउँछन्। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन् ।

प्रदेश सभामा एमालेका १० सांसद छन् । बहुमतका लागि २७ सांसदले विश्वासको मत दिनुपर्छ। माओवादीले मत दिने भएसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने पक्का भएको छ ।

Himal dental
सम्बन्धित
Loading...