

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपा बाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन् ।

५३ सदस्यीय प्रदेशसभामा आज उपस्थित सांसद ५२ थिए भने मुख्यमन्त्री शाहको पक्षमा ४१ मत प¥यो भने विपक्षमा ११ मत प¥यो ।
सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

