

–भोजराज पन्त
महेन्द्रनगर । बेकोट नगरपालिका ९ स्थित श्री उदयदेव माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक विकासका लागि चार दिन होली खेलिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाको नेतृत्वमा वडाका अधिकाँश घरमा पुगेर होली खेलिएको छ । होली खेलेर १२ लाख १ हजार ७ सय २९ रुपैया संकलन भएको उदयदेव का शिक्षक वल्देव जोशीले जानकारी दिएका छन् ।


८ वर्षदेखि विद्यालय घाटामा भएपछि सहयोग संकलनका लागि होली खेलिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले बताए ।
‘गाँउको एक मात्र सरकारी विद्यालय घाटा जानु नपर्ने हो तर विद्यालयको कोष विद्यालयको भवन तथा अन्य काममा प्रयोग गरिएपछि घाटामा गएको रहेछ, अब त्यसो हँुदैन, अब जुन कार्यको लागि आएको रकम सोही कार्यको लागि खर्च हुन्छ , सर्बै निजी स्रोतका शिक्षकले आफ्नो पारिश्रमिक तलव समयमै राहत वा स्थाई शिक्षकसंगै पाउने वातावरण बनाउँछु’ उनले भने ।

होलीमा वेदकोट नगरपालिका ९ का अध्यक्ष जनक बहादुर विष्ट सहित वडा सदस्य पनि सहभागी भएका छन् । विद्यालयका अध्यक्ष रोकायाले भने, आउँदो शैक्षिक शत्रबाट हामी विद्यालयलाई नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्नेछु त्यसमा पनि सवै वडा वासीको साथ सहयोगको आवश्यकता छ ।’


होलीमा सवै अभिभावक, राजनीतिक दल, वुद्धिजीवि, महिला समूह, संघ सस्था, शिक्षक शिक्षिका, विद्यार्थिी सबै सहभागी भएका छन् । होलीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइएको छ ।
विद्यायलका पूर्व विद्यार्थी नरेश जोशीले होलीमा संकलित रकम सही काममा प्रयोग हुनु पर्ने र त्यसका लागि खबरदारी गरिनु पर्ने बताए ।

अर्का अर्का पूर्व विद्यार्थी शंकर भट्ट भने हाम्रो लक्ष अनुसारको रकम उठेको छैन भने हामी अझै दिन तयार छु तर अब फेरि पनि विद्यालय घाटामा गयो पढाई राम्रो भएन जस्ता विद्यालयको वारेमा नराम्रो हामी सुन्न चाँहदैनौ, अब विद्यालय घाटामा होइन शैशिक सुधार भएको हेर्ने चाहन्छु ।

होलीको समापनमा वडा अध्यक्ष जनक सिंह विष्टले भने, ‘हामीले सोचे जस्तै होलीमा चन्दा संकलन भएको छ । यसरी नै विद्यालय को विकासका लागि लाग्ने हो भने विद्यालय घाटामा नजाने र आउदो शैक्षिक शत्रबबाट विद्यालयका निजि स्रोतका सबै शिक्षक तथा कर्मचारीले समयमै आफ्नो पारिश्रमिक पाउने उल्लेख गरे ।


