ghar sansar

शैक्षिक गुणस्तर सुधारका लागि दोधारा चाँदनीका मेयरले यसरी गर्दै छन विद्यार्थीसित कार्यक्रम

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्यार्थीसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रमलाई निरन्तरता दिएका छन् । शैक्षक गुणस्तर सुधारका लागि मेयर लिम्बुले नगरपालिका सबै विद्यालयका विद्यार्थीसित छलफल कार्यक्रम सुरु गरेका हुन् ।

मेयर लिम्बुका योजना अनुसार केही दिन देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका माध्यमिक बिद्यालयका विद्यार्थीसंग अन्तरक्रिया तथा छलफल जारी राखेका छन् । बिद्यालयमा रहेको शिक्षा, भौतिक पूर्वाधार, खानेपानी समस्या, शिक्षकको व्यवहार तथा शिक्षण तवर तरिका लगायत विषयमा विद्यार्थीसंग अन्तरक्रिया गरि रहेका छन् ।

Anant bahu travels

हालसम्म उनले लक्ष्मी मावि, जनज्योति मावि, अम्बिका मावि, भानु मावि र शारदा सरस्वती माविमा विद्यार्थीसंग पठनपाठन लगायका विषयमा अन्तरक्रिया गरेका छन् । बिहीबार शारदा सरस्वती माविका विद्यार्थीसित कार्यक्रम गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २१ वटा सामुदायिक बिद्यालय, २३ वटा संस्थागत विद्यालय, २ वटा सिएलसी कक्षा र एक बहुमुखी क्याम्पस छन् ।

झण्डै ९ महिना अघि दोधारा चाादनी नगरपालिकालाई पूर्ण साक्षर घोषित नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आफ्नै तरिकाका नीति तथा कार्यक्रम तय गर्दै आएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न समयमा फरक फरक तरिकाको कार्यक्रम गर्दै आएका छन् ।

dirghayi clinic

शारदा सरस्वती माबिमा विद्यार्थीसंग गरिएको कार्यक्रममा भौतिक पूर्वाधारको समस्या, शुद्ध खानेपानी, विषयगत शिक्षकको अभाव, नगर बस सेवा, खेल शिक्षक, बिद्यालयका सिसिटिभी क्यामेराको अभाव लगायतका समस्या विद्यार्थीले मेयरलाई जानकारी गराएका छन् ।

विद्यालय हातामा रातीको समयमा युवाहरुले मदिरा, भाङ लगायत नशालु पदार्थ सेवन गरी विद्यालयको वातावरण दुर्घन्धित बनाएको विद्यार्थीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई सुनाएका छन् । स्थानिय सरकारका प्रमुखनै आफुहरुको समस्या सुन्न आएको भन्दै विद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई स्वागत गरेका थिए ।

विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि नगरको शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बिकासको लागी अभियान थालेको मेयर लिम्बुले बताएका छन् । केही दिन देखि मेय लिम्बुले बिद्यार्थीहरुको गुनासा तथा समस्या संकलन गर्दै हिडेका छन् ।

बिद्यार्थी र मेयरको बिच अन्तरक्रिया नाम दिएका उक्त कार्यक्रम दोधारा चाँदनीमा रहेका ७ वटा सामुदायिक बिद्यालयमा पुगेर विद्यार्थीसंग मेयर लिम्बुले समस्या तथा गुनासा संकलन गर्ने भएका छन् ।

मेयर लिम्बुले संचालन गरेको विद्यार्थी र मेयरको बिच अन्तरक्रिया प्रभावकारी रहेको अभिभावकहरुले बताएका छन् । बिद्यार्थीहरु प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरि उनिहरुको समस्या तथा गुनासो संकलन गरी सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर लिम्बुले बताए ।

कार्यक्रममा उनले शिक्षक र विद्यालय व्यवस्थापन समिति तथा नगरपालिका कार्यालयले बिद्यार्थीहरुले उठाएका समस्या तथा गुनासो सम्बोधन गर्न सकिने बिषय भएको बताए ।

विद्यार्थीको समस्यालाई समयमा हल गरि शिक्षा क्षेत्रमा गुण्स्तर ल्याउन आफु लागि परेको मेयर लिम्बुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...