ghar sansar

शुक्लाफाँटामा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन अतिरिक्त कक्षा सञ्चालन, मेयर महराले गरे अनुगमन

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाकाका मेयर रण बहादुर महराले सामुदायिक विद्यालयमा सञ्चालित अतिरिक्त कक्षाको अनुगमन गरेका छन् । बिहीबार तीन विद्यालयमा अनुगमन गरिएको छ ।

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुरेश भट्टले बताए। उनका अनुसार बैजनाथ मावि कसरौल, कृष्ण मावि सिमलफाँटा र धर्म जनता मावि स्टेशनपुरमा सञ्चालित अतिरिक्त कक्षाको अनुगमन गरिएको छ ।

,orning glory badhai

‘अतिरिक्त कक्षामा लक्षित विद्यार्थी भन्दा कम भेटिए,’ उनले भने, ‘विद्यार्थीको संख्या बढाउन विद्यालयका प्रधानाध्यापकलाई अभिभावकसँग कुरा गर्न निर्देशन दिएका छौं ।’ शुक्लाफाँटाका १३ विद्यालयमा एसईईका अतिरिक्त कक्षा सञ्चालनमा छन् ।

dirghayi clinic

एसईईमा उत्कृष्ट नतिजा ल्याउने उद्देदेश्यले अतिरिक्त कक्षाहरु भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए। ‘सबै सामुदायिक विद्यालयहरुमा गणित, विज्ञान र अंग्रेजी विषयको अतिरिक्त कक्षाहरु भइरहेका छन्,’ उनले भने, ‘अतिरिक्त कक्षाहरु नियमित नगर्ने शिक्षकहरुलाई पहिलो पटक स्पष्टिकरण सोध्ने, त्यसपछि पनि सुधार नभए तलब रोक्नेसम्म नगरपालिकाको योजना छ।’

शुक्लाफाँटाका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको नगर प्रमुख महराले बताए ।

‘विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि निशुल्क अतिरिक्त कक्षाहरु सञ्चालन गरेका छौं,’ उनले भने, ‘सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि नियमित अनुगमन समेत गरिरहेका छौं ।’

 

Himal dental
सम्बन्धित
Loading...