ghar sansar

एकल महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर, चार सय बढी लाभावान्तित

little buddha academy
khasi

महेन्द्रनगर । मानव अधिकारको लागि एकल महिला समूह कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढीको सहयोगमा एकल महिलाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका ५ वनखेत गरिएको शिविरमा ४ सय बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

मानव अधिकारको लागि एकल महिला समूह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले स्वास्थ्य उपचार नपाएर कतिपय महिलाले रोग पालेर बसि रहेकाले राहत पुगेको बताइन् ।

,orning glory badhai
dirghayi clinic

नेपाल प्रहरी स्वास्थ्य अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर सबिता सिंहले महिलाहरुमा हुने रोगहरुको विषयमा उपचार गर्न २ जना डाक्टर सहित १० जनाको चिकित्सक टोली आएर शिविरमा चेकजाँच गरेका छन् ।

अहिले महिलाको पाठेघर सम्बन्धीको समस्या लिएर आउने महिलाहरु धेरै रहेको र उहाँहरुलाई उचित परामर्श दिने र अन्य रोगहरु छ भने उपचार र औषधीहरु पनि उपलब्ध गरिएको उनले बताईन् ।

शुक्लाफाँटा नगरपालिका १० की सेवाग्राही पार्वती विकले यस्तो शिविरले आफु जस्तै एकल महिलाहरुलाई एकदमै सजिलो भएको बताईन् । आर्थिक रुपमा कमजोर रहेका एकल महिलाहरुलाई यो स्वास्थ्य शिवरले सहज सजिलो भएको उनले बताईन् ।

मानवअधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरका अध्यक्ष जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...