ghar sansar

होली फेमली क्रिकेट कप सुरु, ब्रह्मदेब चिल्ड्रेन एकेडेमीको विजयी सुरुवात

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित होली फेमली एकेडेमीको खेल मैदानमा होली फेमली क्रिकेट कप २०७९ यु १६ पुरुष जिल्ला स्तरीय क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली एकेडेमीको प्रायोजनामा प्रतियोगिता आयोजना गरेको छ ।

चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टीमले भाग लिएका छन् । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले प्रतियोगिता उद्घाटन गरेका छन् । उनले शिक्षासंगै खेलकूद पनि अनिवार्य भएको उल्लेख गर्दै प्रतियोगिताबाट क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

,orning glory badhai

‘जिमुवा जस्तो ठाउँमा यो प्रतियोगिता गरिएको छ, शिक्षासंगै खेलकूद पनि अनिवार्य नै हुन्छ’ उनले भने,‘यसले क्रिकेटको विकास र विस्तारमा सहयोग पुग्छ ।’ मेयर बोगटीले क्रिकेट खेलको विकासका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्ट, जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट, माध्यमिक विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष डम्बरदत्त जोशी, नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दिपकराज चालिसे लगायतले शुभ कामना मन्तव्य दिए ।

जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रम गरिएको छ । कार्यक्रममा अध्यक्ष चन्दले क्रिकेट प्रतियोगिताका लागि मैदान अभाव देखिएको उल्लेख गर्दै होली फेमली स्कुलले मैदान र प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।

होली फेमली एकेडेमीसित प्रतियोगिताको सबै खर्च व्यहोर्ने गरी सहमति भएको छ । प्रतियोगिताका लागि तीन लाख खर्च हुने अनुमान गरिएको छ । होली फेमली र क्रिकेट संघबीच तीन वर्षे समझदारी भएको छ । शनिबार गरिएको पत्रकार सम्मेलनमा होली फेमली र क्रिकेट संघबीच सहमति पत्र आदानप्रदान गरिएको थियो ।

dirghayi clinic

गाउँ घरमा क्रिकेट खेलको विकासका लागि होली फेमलीसित सहकार्य गरी प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघका अध्यक्ष चन्दले बताए । ‘यो प्रतियोगिताबाट गाउँ घरमा क्रिकेटको विकासमा सहयोग पुग्छ, यो वडाका खेलाडी अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका छन्’ उनले भने,‘नयाँ खेलाडीलाई पनि हौसला हुन्छ ।’

होली फेमली एकेडेमीका चेयरमेन भुपाल सिह विष्टले विद्यालय स्थापनापछि खेलकूदलाई प्राथमिकता दिँदै आएको बताए । ‘विद्यालय स्थापनापछि खेलकूल क्षेत्रलाई प्राथमिकता दिँदै आएका छौ, फुटबल, क्रिकेट मैदान बनाएका छौ, जिम खाना पनि बनाएका छौ’ उनले भने,‘स्पोर्टसम्म एकेडेमी बनाएर नै खेल गतिविधि सञ्चालन गर्दै आएका छौ ।’

विद्यालयमा होली फेमली क्रिकेट एकेडेमीले बनाएर प्रतियोगिता आयोजना गर्दै आएको छ । क्रिकेट प्रतियोगितापछि विद्यालयमा १५ दिनको स्पोर्टस क्याम्पियन सञ्चालन गरिने चेयरमेन विष्टले बताए ।

प्रतियोगितामा नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुल, ब्रह्मदेब चिल्ड्रेन एकेडेमी, होली फेमली इङ्गलिश मिडियम स्कुल, ध्रुबतारा पब्लिक स्कुल, ओरियन्ट इङ्गलिश बोर्डिङ्ग स्कुल, वात्सल्य विद्या निकेतन, आदर्श विद्या निकेतन र लिलिट बुद्ध एकेडेमीले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगितामा विजेताले ट्रफी सहित नगद २५ हजार र उप विजेताले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैबीच आइतबार उद्घाटन खेलमा ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले विजयी सुरुवात गरेको छ । ब्रह्मदेब चिल्ड्रेन एकेडेमीले नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुललाई ३१ रनले हराएको छ ।

प्रतियोगिताबाट प्रदेश र राष्ट्रिय स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने क्रिकेट संघका उपाध्यक्ष लक्ष्मण भट्टले जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...