

महेन्द्रनगर । प्रमुख तीन राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले आइतबार भएको स्ववियु निर्वाचनमा समान दुई÷दुई क्याम्पस जितेका छन् । आइतबार कञ्चनपुरका ६ क्याम्पसमा चुनाव भएको थियो । त्यस बाहेक ९ क्याम्पसमा चुनाव स्थगित भएको थियो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुई÷दुई क्याम्पस जिेतका छन् । बेलौरीको महाकाली बहुमुखी क्याम्पस र झलारीको र कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । बेलौरीमा नीरज भण्डारी र झालरीमा कृष्ण राज जोशी स्ववियु सभापति निर्वाचित भएका छन् ।


एमाले निकट अनेरास्ववियुबाट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा दिलेन्द्र प्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा देव बहादुर साउँद स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट जनता क्याम्पस पुनर्वासमा मनोज साउँद र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा सरस्वती तिरुवा स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय सहित सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए । तर कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र आइतबार निर्वाचन भएको हो ।
यस अघि जिमुवास्थित दानेश्वरहरी बहुमुखी क्याम्पसमा सर्वसम्मत भएको थियो । दानेश्वर हरिको सभापतिमा नेविसंघका सभापति भएका छन् ।

