ghar sansar

शुक्लाफाँटामा कक्षा ८ को वार्षिक परीक्षा सुरु

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू भएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सोमबारदेखि परीक्षा सुरु भएको हो ।

२०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह (कक्षा ८)को परीक्षा हुँदै आएको छ। नगरपालिका स्तरीय परीक्षाको रुपमा सञ्चालित परीक्षामा शुक्लाफाँटा ३३ वटा सामुदायिक विद्यालय र १२ वटा निजी विद्यालय सहभागी छन् ।

,orning glory badhai

१ हजार ३ सय २९ विद्यार्थीले परिक्षा दिएका छन्। आज गणित विषयको परीक्षा भएको थियो । परिक्षालाई अनुशासित र मर्यादित बनाउन शुक्लाफाँटा नगर प्रमुख रणबहादुर महरा नेतृत्वको टोली अनुगमन समेत गरेको थियो ।

dirghayi clinic

अनुगमन टोलीमा नगर प्रमुख महरा, उपप्रमुख कल्पना पन्त जोशी, शिक्षा शाखा प्रमुख सुरेश भट्टलगायत थिए । अनुगमन टोलीले शुक्लाफाँटा–१२ को शिवशक्ति मावि, सूर्योदय मावि, वडा नं. १ को जनजागृती मावि, सिद्धबैजनाथ मावि, कृष्ण मावि, वडा नं. ११ को सिद्धभीम आधारभूत विद्यालय र दिपनगर आधारभूत विद्यालयमा सञ्चालित परीक्षाको अनुगमन गरेको थियो ।

‘अनुगमन गरिएका विद्यालयमा विद्यार्थीको सहभागीता राम्रै थियो,’ नगर प्रमुख महराले भने, ‘दुई विद्यालयमा परीक्षा तोकिएको समय भन्दा केही ढिला भएको पायौं, पानी परेको कारण ढिलाई भएको शिक्षकहरुको भनाई थियो, उनीहरुलाई भोलीदेखि समयमै परिक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।’

शुक्लाफाँटा नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन जोड दिएको छ। ‘सबै विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त छन्, शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेछ,’ नगर प्रमुख महराले भने, ‘शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले निरन्तर अनुगमनका साथै काम गर्नेलाई सम्मान तथा तोकिएको काम नगर्नेलाई दण्ड गर्नेछ ।’ सोमबार (आज) देखि सुरु भएको कक्षा ८ को परीक्षा चैत्र १४ गतेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो दिन गणित विषयको परीक्षा भएको थियो। चैत्र ७ गते नेपाली,८ गते अंग्रेजी,९ गते विज्ञान तथा वातावरण,१० गते सामाजिक अध्ययन र जनसंखया शिक्षा,१२ गते स्वास्थ्य तथा शारिरिक शिक्षा र नैतिक शिक्षा विषयको परिक्षा हुने छ । त्यस्तै १३ गते पेसा,व्यवसाय र प्रविधि शिक्षा तथा १४ गते कम्प्युटर ÷मातृभाषा÷स्थानीय विषयको परीक्षा हुनेछ ।

 

Himal dental
सम्बन्धित
Loading...