ghar sansar

अछाममा भीम रावलको विरोधपछि मिसन ग्रास रुटमा बबाल, अध्यक्ष ओली र उपाध्यक्ष पौडेल विरुद्ध नाराबाजी

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि आक्रमण प्रयास भएको छ । अछामको साँफेबगरमा एमाले कार्यकर्ताहरुले पौडेलविरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको बताइएको छ ।

‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत सोमबार साँफेबगरमा भएको कार्यक्रममा पौडेलले पार्टीका नेता भीमबहादुर रावलको विरोध गरेपछि आक्रोशित कार्यकर्ताहरुले उनीमाथि आक्रमण प्रयास गरेका हुन् ।

,orning glory badhai

त्यसक्रममा रावलका कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि नारा लगाएका थिए । रावलकै गृहजिल्लामा उनको विरोध भएपछि कार्यकर्ताहरु आक्रमणमा उत्रिएका हुन्। केपी ओली र पौडेलविरुद्ध नाराबाजी गर्दै आक्रमण प्रयास भएको बताइएको छ ।

उपाध्यक्ष पौडेलसहित एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट, सह–इञ्चार्ज कर्ण थापा, अध्यक्ष दामोदर भण्डारीलगायत कार्यक्रममा उपस्थित थिए ।

dirghayi clinic

उनीहरुबीच रावलका बारेमा कसैले पनि नबोल्ने सहमति भएको थियो। तर, पौडेलले त्यसविपरित मन्तव्य राखेपछि कार्यक्रम नै बिथोलिएको बताइएको छ । तर एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाएका छन् ।

कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमानदार कार्यकर्ताले प्रतिकार गरेको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले स्पष्ट पारे । उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरेका थिए। ‘मैले २०४८ सालदेखि चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिन तपाइले माग्नु भयो र’ उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्न गरे ।

नेकपा एमालेका नेता भीम रावलले आफूले पार्टीभित्र गरेका गम्भीर गल्ती देखाउन पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई चुनौती दिएका छन्। नेता रावलले राष्ट्रहित र कानुनविपरीत सरकारले गरेका कामको आलोचना गर्नु पार्टी भित्रका गम्भीर गल्ती हुन? भन्दै प्रश्न गरेका छन् ।

अछाम पुगेका पार्टीका उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीभित्र गम्भीर गल्ती गरेको, पार्टीका हरेक निर्णय अस्वीकार गरेको, दिएका जिम्मेवारी नमानेको लगायतका आरोप लगाएका थिए ।

नेता रावलले भने, ‘मैले जहिले पनि राष्ट्रहित, मानवअधिकारको रक्षा, देश र जनताको पक्षमा बोलेको छु । पार्टीभित्र भएका गम्भीर त्रुटि सच्याउन सशक्त भएर आवाज उठाएको छु । राष्ट्रिय सन्धि–सम्झौता र परराष्ट्र नीति बिथोलिन नदिन सदनमा विरोध गर्नु मेरो गम्भीर गल्ती भए केही भन्न सक्दिनँ ।

‘मेरो जिल्लामा कार्यक्रम भयो । पार्टीका सिद्धान्त, विचार लगायतका बारेमा जानकारी दिने उद्देश्य रहेको थियो। कुनै पनि विवाद नगर्ने सहमति भएको रहेछ । पार्टीलाई बलियो बनाएर कसरी अघि जाने भन्ने कुरा थियो तर, त्यो कार्यक्रममा एक जना व्यक्तिले मलाई नै सोझ्याएर प्रहार गरे,’ नेता रावलले भने, ‘त्यहाँ सहभागी कार्यकर्ताले विरोध गरेका हुन् ।’

Himal dental
सम्बन्धित
Loading...