ghar sansar

विष्णु पौडेलले भीम रावलको नामै लिएनन्, थापाले भने– पार्टीले व्यवस्थापन गर्नु पर्छ

little buddha academy
khasi

महेन्द्रनगर । अछाममा नेता कार्यकर्ताको आक्रोश झेलेका एमाले उपाध्यक्ष विष्णु पौडेल बिहीबार महेन्द्रनगरमा नेता भीम रावलप्रति मौन बसेका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा गरिएको मिसन ग्रास रुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि बनेका पौडेलले आफ्नो सम्बोधनमा रावलका विषयमा केही पनि नबालेका हुन् ।

यस अघि अछाममा उनी सहभागी कार्यक्रममा रावललाई लक्षित एमाले नेता पदमराज जोशीले मन्तव्य दिएपछि नेता कार्यकर्ताले उपाध्यक्ष पौडेल र अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि पौडेल रावलले एक अर्का विरुद्ध अभिव्यक्ति दिन थालेका थिए । पौडेलले धनगढीमा रावलको पार्टी विरोधी गतिविधि सह्य नहुनेसम्मको चेतावनी दिएका थिए ।

,orning glory badhai

महेन्द्रनगरको कार्यक्रममा भने उपाध्यक्ष पौडेल मौन बसेका छन् । पौडल अछाम जान अघि रावलले महेन्द्रनगरस्थित सिद्धार्थ होटेलमा एमाले र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता भेला गरी कार्यक्रम गरेका थिए । त्यहीं कार्यक्रमलाई लिएर अछामको साँफेबगरमा विरोध भएपछि उनी समर्थक नेता कार्यकर्ता आक्रोशित भएका थिए ।

अछाममा पार्टी कार्यक्रममा विरोध भएपछि रावलले केही दिन अघि घचेटन खोजे विकल्प खोज्ने चेतावनी दिई सकेका छन् । रावलको चेतावनी बाहिर आएपछि एमाले नेता कार्यकर्ता उनीसित नरम हुन पुगेका छन् । एमालेमा रावललाई व्यवस्थापन नगरी सुदूरपश्चिममा पार्टी बलियो बनाउन नसकिने भन्दै अधिकाँश नेताले नेतृत्वलाई दबाव दिँदै आएका छन् ।

dirghayi clinic

कार्यक्रममा उपाध्यक्ष पौडेल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा र प्रदेश अध्यक्ष दामोदर भण्डारीले मन्तव्य राखेका थिए । उनीहरुमध्ये थापा बाहेक सबै जना रावलप्रति मौन बसेका छन् । सह इन्चार्ज थापाले भने रावलको व्यवस्थापन पार्टीले गर्नु पर्नेमा जोड दिए ।

एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट सहित सह इन्चार्ज थापा र प्रदेश अध्यक्ष भण्डारी सबै अध्यक्ष ओलीका विश्वासपात्र नेताका रुपमा परिचित छन् । उनीहरुमध्ये बैतडीका भण्डारी र बाजुराका थापालाई अध्यक्ष ओलीको किचन क्याबिनेटमा पहुँच हुने नेताका रुपमा हेर्ने गरिएको छ । उनीहरु एमालेका दुई लाइनमा संघर्षमा सधै अध्यक्ष ओलीसँगै छन् ।

कार्यक्रममा उपाध्यक्ष पौडेलले नेता कार्यकर्तालाई गुट र पार्टीमा लाईन संघर्ष त्याग्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनाव हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ,’ उनले भने, ‘कञ्चनपुरमा अन्तविरोधले चुनाव हारिएको हो, यसलाई समयमै व्यवस्थापन गर्नु पर्छ।’

सुदूरपश्चिमा प्रदेश इन्चार्ज भट्टले पनि नेता–कार्यकर्तालाई गुट त्याग्न निर्देशन दिए । उनले पार्टी र नेता कार्यकर्तामा रुपान्तरण आवश्यक देखिएकाले मिसन ग्रासरुट अभियान सञ्चालन गर्नु परेको बताउँदै पार्टीलाई बलियो बनाउन सबै नीति र नेतृत्वको पक्षमा एक ढिक्का हुन अपील समेत गरे ।

एमालेका सुदूरपश्चिम सह इन्चार्ज नेताहरुका कारण कार्यकर्ता र पार्टी पंङ्त्तिमा विभाजन हुन नदीने समझदारी बनेको पनि दावी गरे । उनले एमालेको मार्ग निर्देशक सिद्धान्त जबजलाई आत्मसाथ गरि पार्टी निर्माण लाग्नु कार्यकता निर्देशन दिए ।

एमाले प्रदेश अध्यक्ष भण्डारीले पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुटको उद्देश्य प्राप्ती हुने गरि काम गर्ने प्रतिवद्धता पनि जनाए ।

Himal dental
सम्बन्धित
Loading...