ghar sansar

बल्ल भयो सुदूरपश्चिम सरकार विस्तार, किचलो यथावत

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा प्रदेश सरकार विस्तार गरिएको छ । शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका हुन् ।

जसअनुसार उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहलाई, सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपट बहादुर साउदलाई र वन पर्यटन तथा वातावरण मन्त्रीमा माओवादीकै रमेशसिंह धामीलाई नियुक्त गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

यस्तै माओवादीकी गीतादेवी माल वन पर्यटन तथा वातावरण राज्यमन्त्री बनेकी छन्। मन्त्रीत्रयले शनिबार प्रदेश प्रमुख देवराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राज्यमन्त्री मालले मुख्यमन्त्रीबाट शपथ लिइन् । नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय दाबी गरे पनि एक मन्त्रालय मात्र पाउने भएपछि सरकारमा सहभागी भएको छैन। उक्त पार्टीले अन्तिम समयमा आफ्नो मन्त्रीको पेस नगर्दा आज पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेन ।

नेपाली कांग्रेसका सिंह बझाङबाट निर्वाचित भएका थिए।त्यस्तै माओवादी केन्द्रका साउद अछाम र माओवादीकै धामी कैलालीबाट निर्वाचित भएका थिए । नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि २ जनाको नाम दिएको थियो तर दुबैले सपथ लिएनन् ।

नागरिक उन्मुक्तिले मन्त्री नलिएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको छ। २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...