

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय असार अन्तिमतिर लघु बित्त शाखकी कर्मचारी बिमला जोशीले शाखा प्रबन्धक जीवन जोशीसित भजन गरौ भन्ने समान्य प्रस्ताव गरिन् ।
शाखा प्रबन्धक जोशीले प्रस्ताव पूरा हुन नपाउँदै आफूले भजन रोडमा गर्न सक्ने भनि दिए । त्यसपछि भजन सम्बन्धि कुरा भएर उनीहरू आ आफ्नो काममा लागे ।
कार्यालयमा कुरा भएको केही दिन पछि राती जोशी महेन्द्रनगर बजारको क्याम्पस रोडमा रोडमा हिड्दै थिए । रोडमा लागु औषध खाएको युवक भेटिएपछि जोशीले निकै बेर नजिक गएर हेरे । ती युव्क नशाको ताल सडक किनारमा टोलाएर बसेका थिए ।
देशको कर्णधार युवा कुलतमा फसेको देखेर जोशीले मनमनै रोकथामका लागि केही गर्न पर्ने सोचे । बाटो हिड्दै गर्दा केही दिन अघि सहकारीमा भएको भजनको कुराकानी सम्झिए । खुला स्थानमा भजन लगाउदा कुलत रोकथाममा सहयोग पुग्ने ठानेर अर्को दिन सहकर्मी बिमला जोशीसित औपचारिक प्रस्ताव राखे ।
दुबै जनाले छलफल गरी स्मारक क्षेत्रमा महेन्द्रनगर भजन सोच बनाएर भजन लगउने तयारी अघि बढाउने निर्णयमा पुगे । भजनका लागि अन्य सहयोगी खोजेर साउन १६ गते शनिबार स्मारकमा पहिलो पटक भजन साँझ सुरु भयो ।
घर परिवार र मठ मन्दिर हुने भजन पहिलो पटक राजनीतिक र अन्य औपचारिक कार्यक्रम हुने स्मारक क्षेत्रमा स्थान सुरु भएको थियो ।
‘असार अन्तिम तिर होला, एक दिन उदयदेब सहकारीमा उहा बिमलाजीले भजन गरौ भन्नु भो, मैले चाहि म चाहिँ रोडमा गर्न सक्छु भनि दिए’ भजन साँझका आयोजक टीमका सदस्य जीवन जोशीले भने, ‘त्यसपछि एक दिन रात बजार म हिँड्डै थिए, ५ नम्बरमा दुव्र्यसनमा फसेका युवक देखे, कम्तिमा कुलतमा फसेको छ, त्यसमा सुधार हुन सक्छ भन्ने भजन गर्ने सोच बनाएर अघि बढ्यौ ।’
छिमेकी जिल्ला कैलालीको धनगढी, पोखरा र बुटवलका भजन सार्वजनिक स्थानमा भजन गर्ने सोच अघि बढाउन सहयोगी हुन पुगे । उनीहरुले सुरु गर्न लाग्दा धनगढीको जेन जी मार्गमा लागेको भजन ५६ औ हप्तामा पुगि सकेको थियो ।
हरेक शनिबार साझ हुने महेन्द्रनगर भजन साझमा बिमला जीवन जोशी, शेर सिंह धामी, राजेन्द्र प्रसाद भट्ट, सृनन्द भट्ट र सुदर्शन भट्ट जोडिएका छन् ।
उनीहरू सबै व्यक्तिगत रुपमा सहयोग जुटाएर मंचदेखि माइक सम्म व्यवस्थापन गरी भजन साझ गर्दै आएका छन् ।
भजन साँझ आयोजक टीमका सदस्य बिमला जोशी टेन्ट, टीन, माइक सबै सहयोग पाएर भजन साझ संचालन भएको बताउँछिन् ।
‘बाहिरबाट टीन सहयोग आएको छ, एकता संस्थाले स्पिकर पाण्डेय टेन्ट हाउस, निङ्गलाशैनी टेन्ट हाउस, बोहरा टेन्ट हाउसले सहयोग गरेको छ’ उनी भन्छिन्, ‘अरु हामीहरुले आफैले एक दुई हजार दुई हजार सहयोग जुटाएर भजन लगाउने गरेका छौ ।’
स्मारक क्षेत्रमा धेरै जनालाई बस्न मिल्ने र सन्देश प्रवाह गर्न प्रभावकारी हुने भएको स्मारकमा भजन साँझ सुरु गरिएको हो । महेन्द्रनगर भजन साँझको नाम र समय लामो छ्लफलपछि तय गरिएको थियो ।
‘घर मन्दिरमा हुने भजन खुला ठाउमा ल्याउन सजिलो थिएन, हामी सबैले छ्लफल गर्यौ, एक्सर साइज गरेर नै महेन्द्रनगर भजन साँझ नाम राखेका हौ’ जोशीले भने, ‘त्यस अनुसार गर्मी र जाडोको समयलाई हेरेर यसको समय तोकेका छौ ।’
गर्मीमा साँझ ५ देखि ७ बजेसम्म र जाडोमा ४ देखि ६ बजेसम्म समय राखिएको छ । भजनमा सहभागिताले उनीहरू उत्साहित छन् । हालसम्म भजन साँझ १२ हप्ता पार गरेको छ । हालसम्मका सबै साँझमा डेढ सयदेखि तीन सय जना सम्म सहभागी भएको उनीहरू बताउँछन् ।

‘भजन साँझमा सबै धर्म आस्थाका मानिस आउने गरेका छन्, भजन मनको शान्ति हो, जो सुकैले पनि आउन पाउँछन्, मुस्लिम आउँछन्, सबैलाई खुला छ’ आयोजक बिमला जोशीले भनिन्, ‘त्यहाँ को सानो ठूलो भन्ने केही पनि हुँदैन ।
भजन साँझका अधिकाँश आयोजक यस अघि विभिन्न स्थानका भजनमा सहभागी हँुदै आएका छन् । ‘म त यस अघि भजनमा हिडि रहन्थे, भजन आस्था हो, दुर्गा, रामको, लक्षमी, राधे राधेको भज गर्न हो’ जीवन जोशीले भने ।
आयोजक टोलीका सदस्य भीमदत्त ६ ऐठपुरका राजेन्द्र भट्ट भजन साँझ सबैको लागि भएको बताउँछन् ।
‘यो भजन सबैका लागि हो, हिन्दू धर्म र सम्प्रदाय घर मन्दिरमा भजन गर्दै आएका छन्, यसबाट इश्वर प्राप्ति,मोक्ष, ज्ञान प्राप्ति नै हुने हो’ उनले भने, ‘सबै ठूलो कुरो मनमा शान्ति मिल्छ ।’
भदौ १० गते रसुवा र भोटेकोसीमा बाढी देश राष्ट्रिय बिपदमा परेपछि एउटा शनिबार भजन साँझ बन्द गरिएको थियो । त्यसपछि फेरि निरन्तरता दिइएको छ ।
अहिले भीमदत्तका विभिन्न वडाबाट बासिन्दाहरु अटोमा बसेर बजार आएर भजनमा सहभागी हुने गरेका छन् ।
‘गाउँ घरबाट आउने ती मानिस केही न केही सन्देश बोकेर जान्छन्, यसले लागु औषध खाने, दुव्र्यसन परेको युवालाई केही न केही शिक्षा हुन्छ’ भट्टले भने, ‘सकारात्मकता पाउँछ, सत्यलाई अँगाल्न सहयोग पुग्छ ।’
भट्टले शिब मन्दिरमा २०६० देखि लगातार भाजन हुँदै आएको देखेका छन् । भजवन्ना किर्तन समिति नियमित रुपमा किर्तन गर्दै आएको छ ।
भजन साँझका लागि उनीहरुले केही नियम बनाएका छन् । भजनमा विशिष्ठ व्यक्तिको समेत आशन ग्रहण हँुदैन । बाल बालिकादेखि ज्येष्ठ नागरिक सबैलाई समान व्यवहार गर्ने गरिएको उनीहरु बताउँछन् ।
हालसम्म विभिन्न राजनीतिक दलका नेता, जन प्रतिनिधि भजनमा सहभागी भएका छन् । समिति बनाउन नहुने र सबैलाई भजनमा समान व्यवहार गर्ने उनीहरू बताउँछन् ।
आर्थिक पारदर्शिता र समानका लागि समिति नबनाउने तथा आसन र भाषणका कार्यक्रम नगर्ने नियम बनाएका छन् ।
भजनको लक्ष्य भनेको सामाजिक सद्भाव कायम, संस्कृति संरक्षण, सामाजिक सचेतना फैलाउने भएकाले अन्य कार्यक्रम प्राथमिकता बाहिर परेका छन् ।
‘सामाजिक प्राणी हौ, संस्कृति जोगिन्छ, भजन गर्दा सुन्न को आउने भन्ने थियो, अहिले त्यस्तो छैन’ जोशीले भने, ‘यसलाई नियमितता दिन्छौ, दिगो हुन बिस्तारै जान सकिन्छ ।
आचार्य सुदर्शन जोशीले दिप बालेर उद्घाटन गरी भजन साझ उद्घाटन गरेका थिए । स्मारकमा अन्य कार्यक्रम हुँदा भजन रोकिने उनीहरूले बताउँछन् ।
भजनमा आउने सवैले राम्रो काम गरेको भन्दै प्रशंसा गर्ने गरेका छन् । सरकारी कर्मचारी, अवकाश प्राप्त कर्मचारी, उद्यमी व्यवसायी, युवा लगायत भजनमा सहभागी हुने गरेका छन् ।
महेन्द्रनगरमा खुला स्थानमा यस अघि मदन चोक स्थित भेटघाट चौतारीमा भजन सुरु भएको थियो । यो भजनले निरन्तरता पाउन सकेन ।
भजनलाई मौसम बाहेक अरु कुराको चिन्ता नभएको आयोजक बताउँछन् । ‘अरु केही छैन, घाम र पानीले समस्या हुन्छ’ आयोजक टीमका सदस्य जोशी भन्छिन् ।
