ghar sansar

नगर विकास जग्गा घोटालामा संलग्नलाई कारवाही माग गर्दैै आमरण अनशन बसेका दुई जनाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

little buddha academy
khasi

महेन्द्रनगर । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा घोटालामा संलग्नलाई कारवाहीको माग गर्दै आमरण अनशन बसेका दुई जनाको स्वास्थ्यमा समसया देखिएपछि अस्पताल भर्ना भएका छन् । उनीहरुलाई शनिबार विहान मन्त्र अस्पातलमा भर्ना गरिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जग्गा घोटालामा संलग्न सबैमाथि छानबिन गरी कारवाहीको माग गर्दै एक साता अघि मदनचोकस्थि पिपलचौतारामा आमरण अनशन सुरु गरेको थियो । आमरण अनशन बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका दिल बहादुर विक(निरज), जय बहादुर रोकाया र दिपेन्द्र सिह ऐरीमध्ये विक र ऐरीको स्वास्थ्यमा समस्या आएको हो ।

,orning glory badhai

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि सुवेदीले स्वास्थ्यमा समस्या आएपछि दुबै जनालाई अस्पताल भर्ना गरिएको बताए । उनीहरु बाहेक तेस्रो रोकायाको पनि स्वास्थ्यमा समस्या देखिएको नेता सुवेदीले बताए ।

‘नगर विकास समितिको जग्गामा व्यापक घोटाला गरिएको छ, त्यसको छानबिन गरी त्यसमा संलग्नलाई कारवाही हुनु पर्ने हाम्रो माग हो, कारवाही नभएसम्म अनशन बस्छौ, अनशन बस्दा साथीहरुको स्वास्थ्यमा समस्या आयो’ उनले भने,‘माग पूरा नभएसम्म अनशन रोकिँदैन ।’

dirghayi clinic

क्रान्तिकारी कम्युनिष्ट पार्टीले आमरण अनशन अघि पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो । पत्रकार सम्मेलन गरिएको दोस्रो दिनदेखि मदनचोकमा आमरण अनशन सुरु गरिएको हो ।

केही दिन पिपलचौतारा अनशन बसेका तीन नेता त्यसपछि चौतारा अगाडि लगाएको टेन्टमा अनशन बसेका थिए । अनशकारीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार विहान स्वास्थ्यकर्मीलाई बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।

तत्कालिन महेन्द्रनगर नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत आएर भीमदत्त नगर विकास समिति बनेको छ । समितिले मापदण्ड मिचेर जग्गा बिक्री र लिजमा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरि सकेको छ ।

नगर विकास समितिको ६ सय बढी जग्गामध्ये हाल ६६ बिगाहा मात्रै बचेको छ । महेन्द्रनगर नगर बिकाश जमिन घोटालाका भ्रष्ट र बिचौलियालाई कार्बहिको माग गर्दै आमरण अनशन शुरु भएको आज ३ दिन पुगेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...