ghar sansar

बजेटमा सुदूरश्चिम हेपिएको भन्दै सत्ता र प्रतिपक्ष दुबैका साँसद असन्तुष्ट

little buddha academy
khasi

महेन्द्रनगर । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई हेपेको भन्दै सत्ता र प्रतिपक्षका साँसदले असन्तुष्टि पोखेका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा संघ र प्रदेशका साँसदले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

सत्ता साझेदार काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा सत्ता पक्षका साँसद प्रकाश रावल, ओमबिक्रम भाट र प्रतिपक्षका तारालामा तामाङ्ग, राजेन्द्र सिह रावलले बजेट सुदूरपश्चिमलाई हेला गरिएकोमा असन्तुष्टि पोखेका छन् ।

,orning glory badhai

एमालेका संघीय साँसद तारालामा तामाङ्गले यस पटक बजेटमा कञ्चनपुर साँच्चिकै ठगिएको अनुभूति भएको बताए । ‘यस पटक बजेटमा कञ्चनपुर ठगिएको नै छ, त्यो दोधारा चाँदनीको त्यो अनगोइङ्ग प्रोजेक्ट हो, अरुमा त ठगिएका नै छौ’ उनले भने ।

कञ्चनपुरका विकासका लागि यस क्षेत्रका सबै साँसदले एक ढिक्का भएर अघि बढ्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले कञ्चनपुरको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुँदा पनि विकासका एजेण्डामा छलफल हुन नसकेको दुःख व्यक्त गरे ।
‘अहिले यस जिल्लाको एनपी दाई परराष्ट्र मन्त्री हुनु हुन्छ, वहाँले हामीसित यस जिल्लाको विकासका लागि मन्त्रिमण्डमा के मुद्दा विषय लैजाऊ भनेर त सोध्नु सक्नु हुन्थ्यो’ उनले भने,‘तर दुर्भाग्य हामीबीच आजसम्म त्यस्तो हुन सकेको छैन ।’

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले सरकारले सुदूरपश्चिमका विकास योजनामा बजेट कटौती गरिएको भन्दै आक्रोश पोखे । उनले महाकाली कोरिडोर, सेती लोकमार्ग, दैजी जोगबुढा सडक, छेला औद्योगिक क्षेत्र लगायतका योजना बजेटमा उपेक्षा गरिएको दुखेसो पोखे ।

कार्यक्रमका प्रमुख अतिथि लेखकलाई आयोजकले विकासका मसिहा भनेर गरिएको सम्बोधनप्रति पनि उनले आक्रोश पोखे । उनले उद्यमी व्यवसायीले चाकरी नगरी गरिएका कामका आधारमा मूल्याङ्कन गरिनु पर्ने उल्लेख गरे ।

dirghayi clinic

‘अहिले आजका प्रमुख अतिथिज्यूलाई विकासका महिसा भनेर सम्बोधन गरियो, महाकाली कोरिडोरमा विगतमा डेढ अर्ब बजेट आउँथ्यो, अहिले ४५ करोड मात्रै आएको छ, सेती लोकमार्गमा ३० करोड छ, दैजी जोगबुडा त्यस्तै छ’ उनले भने,‘छेला औद्योगिक क्षेत्रमा त एक रुपैँया पनि छैन, त्यसैले वहाँलाई विकासको मसिहा भनिएको हो त ।’

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले स्वागत मन्तव्यका कार्यक्रममा दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालन आउन लागेका लगायतका विषय जोडेर लेखकको प्रशंसा गरी उनलाई विकासका महिसा भनेर सम्बोधन गरेका थिए । त्यसपछि बोलेका नेता रावलले कार्यक्रममा असन्तुष्टि पोखेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले ठूला विकास योजनालाई थोरै बजेट छुट्याएर ठगिएका भन्दै असन्तुष्टि पोखे । उनले उनले वर्षौदेखि छेला औद्योगिक क्षेत्र सञ्चालनका लागि माग हुँदै आए पनि बजेट नआएको चिन्ता व्यक्त गरे । उनले महाकाली कोरिडोरलाई थोरै बजेट विनियोजन गरेकोमा आपत्ति जनाए ।

कैलालीको गेटामा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरी नीति तथा कार्यक्रममा ल्याएर पनि बजेटमा प्रतिष्ठान बनाउने भनिएको उल्लेख गर्दैै उनले आफूलाई दोधारा चाँदनी सुख्खा बन्दरगाहमा पनि त्यस्तै हुन सक्ने आशंका व्यक्त गरे ।

‘अहिले ड्राइपोर्ट बनाउने भन्ने कुरा छ, केही दिन अघि प्रधानमन्त्री आफैंले मेडिकल विश्वविद्यालय बनाउने निर्णय गर्नु भयो, नीति तथा कार्यक्रममा पनि आयो, बजेटमा अर्कैै आयो, त्यहाँ एक सय शैय्याको अस्पताल बनाउने कुरा आयो’ उनले भने,‘यसले ड्राइपोर्ट पनि यस्तै हुन्छ कि भन्ने आशंका लागेको छ ।’

सुदूरपश्चिम प्रदेशका अर्का सदस्य ओम बिक्रम भाट सुदूरपश्चिममा थुप्रै समस्या भएकाले त्यसको समाधानका लागि आफूहरुले भूमिका खेल्ने उल्लेख गर्दै बेरोजगारी समस्या समाधानका लागि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र लगायतका ठूला आयोजना सञ्चालन भए मात्रै रोजगारी सिर्जना हुने उनकाृ भनाई छ । उनले सुदूरपश्चिमले १० वर्ष देश सञ्चालनको नेतृत्व पाए पनि ठूलो आयोजना सञ्चालन हुन नसक्ने दुःखद भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...