


भीमदत्त न.पा.६ हल्दुखाल स्थित श्री रामजानकी तथा सिद्धनाथ बैजनाथ मन्दिर संरक्षण समितिका पुजारी पण्डित उर्वा दत्त भट्टको निधनले गाउंभरी न्यास्रो तथा मलिनता छाएको छ । विगत लामो समय देखी निःस्वार्थ तवरले मन्दिरमा नित्य पुजाआजा गरी अमुल्य गुन लाउनु भएका पुजारी भट्टको निधन २०७९ चैत्र १६ मा पावन तिथी रामनवमीमा भएको हो । लामो समय देखी श्री रामसेवक,भक्तश्री पुजारी भट्टको निधन रामनवमी तिथीमा हुनुले समेत उहांको दैविक समिपता प्रष्ट्याउछ ।

पुख्र्यौली घर दार्चुला जिल्ला भएका पुजारी ऐलानी फाड्ने समय पश्चात भीमदत्त न.पा.७ हल्दुखाल बसाई सरेका थिए । विगत लामो समय भारतीय सुरक्षा सेवामा कार्य गरेका पुजारी भट्ट सो को अवकाश पछि मन्दिरको पुजामा सेवारत थिए । प्रातःप्रभातकालमा उठेर नित्यकर्म पछि मन्दिरमा पुजाआजा ,बेलुका समेत बत्तीबाली मन्दिरको पुजाआजा गर्नु पुजारी भट्टको दैनिकी बनी सकेको थियो । छोरीहरुसंगै १ छोराका पिता पुजारी भट्ट गाउंसमाजमा समेत सबैसित मिलेर बस्ने ,सहयोगात्मक स्वभावका थिए ।

हशमुख स्वभावका पुजारी भट्टको नियमित सम्झना आइरहने कुरा मन्दिर परिसरसंगै घर रहेकायुवा सुशील भट्ट बताउनु हुन्छ । १३ दिने क्रियाकर्म समाप्ती पश्चात पुजारी भट्टको परिवारका सदस्यद्दय(श्रीमति र छोरा) वार्षिक वरखीमा बसी वार्षिक क्रियाक्रम सम्पन्न गर्नु भएको थियो ।
मन्दिर सेवाको विषयलाई आफ्नो कर्तव्य सम्झने पुजारी भट्टको योगदानको कदरस्वरुप २०७७ सालको वार्षिक साधारण सभामा सम्मानपत्र सहित सम्मान गरेको तथा मासिक नगद रु.१०२५।
प्रोत्साहनस्वरुप दिने निर्णय अमित प्रसाद भट्ट सचिव तथा जिवन कुमार भट्ट अध्यक्ष रहेको समितिले गरेको थियो । यस प्रकारका महापुरुषहरुको समाजमा पुनः पुनः आगमन हुन सके साँच्चै रामराज्य निर्माणमा टेवा पुग्ने थियो ।
लेखक भीमदत्त नगरपालिका ७ हल्दुखालका वासिन्दा हुन् ।
