ghar sansar

बाणिज्य संघको साधारण सभामा रमेश लेखकले भने– तपाईका मुद्दालाई म आफ्नो मुद्दा बनाएर अघि बढ्छु

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकले उद्यमी व्यवसायीले उठाएका मुद्दालाई आफ्ना मुद्दा बनाएर अघि बढ्ने बताएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं साधारण सभा उद्घाटन समारोहमा उनले यस अघि पनि संघले उठाएको मुद्दा अहिले कार्यान्वयन हुने चरणमा पुगेको उल्लेख गरे ।

dirghayi clinic

‘अब तीन वर्षमा सुख्खा बन्दरगाह बन्छ, तर त्यसबाट पठाउने चाहिँ के हो, त्यो तपाईहरु सोच्नु होस, यो मुद्दा तपाईहरुले नै उठाउनु भएको हो, महाकाली पुलको मुद्दा तपाईहरुले नै उठाउनु भएको हो’ कार्यक्रममा उनले भने,‘तपाईहरु मुद्दा बनाउनु होस, त्यो तपाईको मुद्दा म आफ्नो मुद्दा बनाएर अघि बढ्छु ।’

,orning glory badhai

तीन वर्षभित्र सुख्खा बन्दरगाह बनाउन भारतसित सहमति गरिएको उल्लेख गर्दैै त्यसबाट पठाउनका लागि उद्योग व्यवसायीले सक्रियता देखाउनु पर्ने बताए । सुख्खा बन्दरगाहबाट पठाउने समान नभए त्यो आयातका लागि हुने उनले चिन्ता व्यक्त गरे ।

सरकारले सुख्खा बन्दरगाह निर्माण गरी आफैं उद्योग, होटल सञ्चालन गर्न नसक्ने लेखकले बताए । उनले महाकाली कोरिडोर, छेला औद्योगिक क्षेत्र, मझगाउँ विमानस्थल सञ्चालन लगायतका योजना सञ्चालनमा पनि आफूले ध्यान दिने बताए ।

Himal dental
सम्बन्धित
Loading...