ghar sansar

लक्ष्मी माविमा विश्व वातवरण दिवसको अवसर पारी संरक्षण शिक्षा कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटाथित लक्ष्मी माध्यामिक विद्यालयमा सोमबार विश्व वातावरण दिवसको अवसर पारी संरक्षण शिक्षा कार्यक्रम सञ्चाालन गरिएको छ । राष्ट्रिय प्राकृति संरक्षण कोषसंग सहकार्यमा कार्यक्रम गरिएको छ ।

विद्यालयका प्राद्यानाध्यापक प्रमानन्द नाथले विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा संरक्षण शिक्षा सम्बन्धी अभिमुखिरकण कार्यक्रम गरिएको बताए ।

,orning glory badhai

प्रअ नाथले पछिल्ला दिनमा जलवायु परिर्वतनका कारण वातावरणमा परेको असर बारे, प्लाष्टिकजन्य बस्तु निर्मुलीकरण गर्दै संरक्षण गर्ने उद्देश्यले विद्यार्थीलाई सचेतना गराईएको बताए ।

dirghayi clinic

कार्यक्रममा प्रअ नाथले हरित विद्यालय बनाउनका लागि कार्यक्रम कार्यान्वयन निर्देशिका बारे जानकारी गर्दै वातावरण सन्तुलनका लागि विद्यार्थी, शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए ।

लक्ष्मी माध्यामिक विद्यालयका सहायक प्रअ प्रेमप्रकास जोशीले ईको क्लबबारे कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय प्राकृति संरक्षण कोषका प्रमुख लक्ष्मीदत्त जोशीले संरक्षण शिक्षा सम्बन्धि वृत्तचित्र प्रस्तुत गर्दै संरक्षणका कार्यमा विद्यार्थी शिक्षकको भूमिमा हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा निङलाशैनी, बैजनाथ मावि, भुकुटी मावि, सरस्वती मावि उल्टाखाम, महेन्द्रनगर नमुना मावि, सरस्वती मावि परखेडी, लक्ष्मी मावि खैरभट्टी, पञ्चकृत बैजनाथ मावि ईको क्लका विद्यार्थी, ईको क्लबका संयोजक शिक्षक सहभागी भएका छन् ।

लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...