ghar sansar

प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनकाका लागि बैठक, पतञ्जलीले बनायो स्वागत समिति

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा जेठ २३,२४ र २५ गते सम्म आयोजना हुने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनकाको पूर्व तयारीका लागि कञ्चनपुर पतञ्ञ्जलीको विस्तारित बैठक सम्पन्न भएको छ ।

dirghayi clinic

पतंञ्जली योग समिति कञ्चनपुरका महिला अध्यक्ष कमला पण्डेयको अध्यक्षता एवं केन्द्रिय सदस्य एवं मुख्य योग प्रशिक्षक लबराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा पंतञ्जली हरिद्धारबाट पाल्नु हुने विश्वयोग गुरु स्वमी रामदेवजी महाराज, आर्युवेद शिरोमणी आर्चाय बालकृष्ण जी महाराज, पंतञ्जली रिसर्च टिम लगायत प्राविधिक टिम गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्नु हुने कार्यक्रम रहेकोले सो व्यवस्थापनको विषयमा बैठक केन्द्रित रहेको थियो ।

,orning glory badhai

जेष्ठ १९ गतेका दिन पंतञ्जली रिर्सच टिम, जेष्ठ २० गते आर्युवेद शिरोमणी आर्चाय बालकृष्ण जी महाराज कञ्चनपुरको भिमदत्तनगर हँुदै धनगढीबाट खप्तड पुग्ने कार्यक्रम रहेको छ भने जेष्ठ २३ गतेका दिन विश्वयोग गुरु स्वमी रामदेवजी महाराज गड्डाचौकी हँुदै भगतपुर व्यारेक बाट साझै हेलीकप्टरबाट खप्तड पुग्ने कार्यक्रम रहेकोले स्वागत सत्कारका लागि का.वा.अध्यक्ष धन सिंह वडालको संयोजकत्वमा १०१ सदस्यीय स्वागत सत्कार समिति गठन गरिएको समेत पतञ्चली मिडिया प्रभारी प्रेम सिंह भाटले बताए छ ।

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन संग संगै सुदूरपश्चिम क्षेत्रमा उपलव्ध धार्मिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार संग संगै जडीवुटीको संकलन , उत्पादन र प्रसोधनमा नेपालमा लगानी भित्र्याउन र आर्युवेदको उद्गम सुदूरपश्चिमलाई बनाउन यो भ्रमण फलदायि हुने विश्वास पतञ्चली कञ्चनपुरले लिएको कुरा केन्द्रिय सदस्य लबराज भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...