ghar sansar

भीमदत्तको १८ नम्बर वडा कार्यालयले दियो वडा सदस्य चन्दलाई भीम वाटिका व्यवस्थापनमा सहयोगका लागि जिम्मेवारी, वडा अध्यक्ष देवकोटाले दिए कार्यादेश

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले वडा सदस्य पदम बहादुर चन्दलाई भीम वाटिका (पार्क) व्यवस्थापनमा सहयोगका लागि जिम्मेवारी दिएको छ । वडा कार्यालयले मंगलबार वडा सदस्य चन्दलाई वडा प्रतिनिधिका रुपमा पार्क व्यवस्थापन कार्यमा सहयोग र सरोकारवाला निकायबीच समन्वयका लागि कार्यादेश दिएको छ ।

वडा सदस्य चन्द गत वर्ष स्थानीय तह निर्वाचनबाट वडा सदस्य निर्वाचित भएका हुन् । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले वडा सदस्य चन्दलाई कार्यादेश दिएका छन् । वडा सदस्य चन्दलाई दिइएको कार्यादेशको बोधार्थ भीमदत्त नगरपालिकालाई दिइएको छ ।

,orning glory badhai

वडा कार्यालयले सोमबार स्थानीय प्रशान्त भट्टको संयोजकत्वमा संरक्षण समिति गठन गरेको थियो । त्यसप िवडा सदस्य चन्दलाई सहयोगका लागि जिम्मेवारी दिइएको छ ।

dirghayi clinic

वडा अध्यक्ष देवकोटाले वडाभित्र भएका विभिन्न संरचनाको संरक्षण गर्ने दायित्व वडाको भएकाले त्यस अनुसार पार्कको व्यवस्थापनमा सहयोगीका लागि चन्दलाई जिम्मेवारी दिइएको बताए ।

‘यो वडाभित्र भएका सबै संरक्षणको संरक्षण गर्नु पर्ने दायित्व वडा कार्यालयको हो, पार्कको पनि संरक्षण, संवद्र्धन गर्न आवश्यक छ’ उनले भने,‘वडा सदस्य चन्दज्यूमा पार्क व्यवस्थापनमा भूमिका निर्वाह गर्न सक्ने क्षमता छ, वहाँ पर्यटन क्षेत्रसित भिजेको व्यक्ति हुनु हुन्छ, त्यहीं भएर वहाँलाई वडाबाट यो जिम्मेवारी दिएका छौ ।’

भीमदत्त नगरपालिकाले वडा कार्यालयसित समन्वय गरी पार्कमा पुष्प खेतीका लागि खनजोत गरेपछि वडा अध्यक्ष देवकोटाले शनिबार रोकेका थिए । सुदूरपश्चिम प्रदेश सरकारको कृषि निर्देशनालयको ९ लाख बजेटमा पुष्प खेती गर्न खनजोत गरिएको थियो ।

वडा कार्यालयलाई समेत जानकारी नदिएको कार्यक्रम नगरपालिकाले कानुनी प्रक्रियामा नगएर सिधैं खनजोत गरी खेती लगाउन खोजेको थियो ।

Himal dental
सम्बन्धित
Loading...