ghar sansar

पार्कमा बोगटीलाई नैतिक संकट : चन्दलाई स्वीकार वा वस्नेतलाई निरन्तरता

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले वडा सदस्य पदम बहादुर चन्दलाई भीम वाटिका(पार्क) व्यवस्थापन सहयोगीका लागि जिम्मेवारी दिएपछि मेयर पदम बोगटी विवादमा तानिएका छन् । मेयर बोगटीले यस अघि नै वडा सदस्य हेम बहादुर वस्नेतलाई अनौपचारिक जिम्मेवारी दिएर पार्क व्यवस्थापन सहयोगीका रुपमा परिचालन गरि सकेका छन् । अहिले वडा कार्यालयले आधिकारिक रुपमा वडा चन्दलाई जिम्मेवारी दिएको छ ।

वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले चन्दलाई पार्क व्यवस्थापनमा सहयोग र सरोकारवाला निकायसित समन्वयका लागि चन्दलाई आधिकारिक रुपमा जिम्मेवारी दिएका छन् । वडा कार्यालयले जिम्मेवारी दिएपछि चन्द सहयोगीको भूमिका निर्वाह गर्न थालेका छन् ।

,orning glory badhai

भीनपा १८ मा वडा अध्यक्ष देवकोटा बाहेक बाहेक अन्य चार सदस्य काँग्रेसका छन् । उनीहरुमध्ये वडा सदस्य सीता भण्डारी कार्यपालिका सदस्य छन् । मेयर बोगटीले तीन सदस्यमध्ये वस्नेतलाई वडा कार्यालयसित समन्वय नगरी पार्क व्यवस्थापन सहयोगीको जिम्मेवारी दिएका हुन् । वडा कार्यालय र सदस्यसित समन्वय नगरी जिम्मेवारी दिएपछि मेयरसित अन्य असन्तुष्ट छन् ।

वडा कार्यायले आधिकारिक रुपमा चन्दलाई जिम्मेवारी दिएपछि उनी चन्दलाई स्वीकार्न तयार हुनु पर्ने नैतिक बाध्यतामा पुगेका छन् । आफैंले जिम्मेवारी दिएका वस्नेतलाई पनि फिर्ता गर्नु अप्ठेरो हुने मेयर निटक नेताहरु बताउँछन् ।

dirghayi clinic

वडा कार्यालयले वस्नेतलाई औपचारिक रुपमा पार्क व्यवस्थापन सहयोगीका लागि जिम्मेवारी दिएको जानकारी नभएको बताएको छ । वडा अध्यक्ष देवकोटाले वडा कार्यालयलाई पार्क व्यवस्थापनका लागि गरिएका कुनै पनि कार्य सबन्धि जानकारी नभएको बताए । ‘आजसम्म वडा कार्यालयलाई यसबारे केही जानकारी छैन’ उनले भने ।

‘हामी पनि काँग्रेसबाट निर्वाचित हौ, यसबारे हामीलाई एक शब्द पनि सोधिएन, वडासित सोध्ने कुरा त भएन, वडा अध्यक्ष त अरुको पार्टीको हुन्’ उनीहरुमध्ये एक वडा सदस्यले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,‘मेयरले मनपरी गर्न पाउन हुन्न, यसको हामी विरोध गर्छौ ।’

मेयर बोगटीले वस्नेतलाई जिम्मेवारी दिएपछि पार्क सौन्दर्यकरणका प्रयास गरिएका छन् । पार्कभित्रका रुख, झाडी सफा गरिएका छन् । पार्कभित्रको मन्दिरमा तामाको छानो फेरिएको छ । ती सबै कामका लागि पार्क मर्मत अन्र्तगत झण्डै २० लाख खर्च गरिएको छ । मन्दिर नजिक योजनाको सूचना पार्टी लगाइएको छ ।

भीमदत्त नगरपालिकाले वडा कार्यालयसित समन्वय नगरी पार्क मर्मत योजना सम्पन्न गरेको थियो । नगरपालिकाले वडासित समन्वय नगरी सुरु गरेको अर्को योजनामा भने विवादित बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनालय र नगरपालिकाको साझेदारीमा ९ लाख बढीको पुष्प खेती कार्यक्रमका लागि पार्कमा खनजोत गरिएपछि विवाद उब्जिएको छ । वडा अध्यक्ष देवकोटाले पार्क खनजोत गरी सौन्दर्य बिगार्न नदिने भन्दै काम रोकि दिएका छन् ।

वडा कार्यालयलाई जानकारी नदिई जेठ अन्तिम साता पार्क संरक्षण समिति गठनको प्रयास गरिएको थियो । स्थानीयबाट विरोध आएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी तीन दिन पार्कमा भेला गरी स्थानीय प्रशान्त भट्टको अध्यक्षातमा समिति गठन गरेको छ । समितिको मंगलबार बसेको पहिलो बैठकले पार्क सम्बन्धि अध्ययन गरी प्रतिवेदन बनाउने लगतयका निर्णय गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...