ghar sansar

बेलौरीमा शिक्षक संगठन कञ्चनपुरको २० औं जिल्ला परिषद्

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको २० औँ जिल्ला परिषद् बेलौरीमा सम्पन्न भएको छ । एमाले कञ्चनपुरका ईन्चार्ज एवम् पोलिटब्युरो सदस्य नारद मुनी रानाको प्रमुख आतिथ्यमा गरिएको परिषद्दमा शैक्षिक क्षेत्रका समस्या लगायतका विषयमा छलफल गरिएको छ ।

dirghayi clinic

संगठनका जिल्ला अध्यक्ष वेदप्रकाश उपाध्ययको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य भवानी चन्द, प्रदेश अध्यक्ष दामोदर भट्ट, एमाले कञ्चनपुरका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, नेपाल निजामती कर्मचारी केन्द्रीय सदस्य मान बहादुर चन्द, सङ्गठनका पूर्व अध्यक्ष हरिश प्रसाद जोशी, कर्ण बहादुर बुढा, सेवा निवृत्त शिक्षक श्यामलाल सुवेदी लगायतका वक्ताहरूले सङ्गठनको भूमिका र अवस्थाका साथै भावी कार्यक्रम बारे सुझाव तथा समसामयिक शैक्षिक सवालमा आआफ्ना धारणा राखेका छन् ।

,orning glory badhai

सङ्गठनका पूर्व अध्यक्ष कर्ण बहादुर बुढा, हरिश प्रसाद जोशी, रामचन्द्र नेपाल, तुलाराम खरेल, दामोदर भट्टलाई कदर पत्र तथा सेवा निवृत्त शिक्षकहरू रामचन्द्र भट्टराई, लाल बहादुर चौधरी, धर्मानन्द भट्ट, लोहित भट्टराई लगायतका शिक्षकहरूलाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुर जिल्ला समितिका अध्यक्ष वेद प्रसाद उपाध्यायले बताए ।

परिषद्ले सचिव उत्तम विष्टद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष धनञ्जय जोशीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र गजेन्द्र के. सी. द्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदनहरू माथि समूहगत छलफल गरी सुझाव सहित पारित गर्दै २० औँ जिल्ला परिषद् सम्पन्न गरिएको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...