ghar sansar

नयाँ कार्य थालनी गर्ने प्रतिवद्धता गर्दै निङ्गलाशैनी बहुउद्देश्य सहकारीको समीक्षा गोष्ठी सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा समीक्षा गोष्ठी सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन राज भट्ट विशिष्ठ अतिथि थिए ।

सहकारीका सञ्चालक समिति, उप समितिका पदाधिकारी एवमं कर्मचारी सम्मलित समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९÷०८० को लक्ष्य र प्रगतिका विषयमा, आ.व.२०८०÷०८१ का लागि नयाँ लक्ष्य सहित विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने गरी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

,orning glory badhai

संस्थाका सञ्चालक भावना के.सी.ले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकास समिति सदस्य मञ्जु दाहालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा लक्ष्य सहितको प्रगति विवरण संस्थाका ं कार्यकारी प्रमुख प्रेम सिंह भाटले प्रस्तुत गरे ।

dirghayi clinic

गोष्ठीमा सहकारीमा आवद्ध हरेक सदस्यको स्वास्थ्य निरोगिताका लागि चेतना जागृत गर्दै संस्थाका सञ्चालक, समितिका पदाधिकारी एवं कर्मचारीहरुले शारिरीक स्वास्थ्य बल, मानसिक बल, भावनात्मक बल, चैतन्य बल तथा आत्मबल केन्द्रित गरेर सहकारीको उद्देश्य र लक्ष्य हासिंल गर्नु पर्नेमा गोष्ठी केन्द्रित रहेको थियो ।

समारोहका विशिष्ट अतिथि भुवनराज भट्टले संस्थाको प्रगति सन्तोषजनक रहेको र वडा स्तरबाट हुने सहयोगका लागि प्रतिवद्धता जाहेर गरे । यसै गरि प्रदेश सभा सदस्य बेल बहादुर नाराले कञ्चनपुर जिल्ला कार्य क्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले छोटो समयमा उल्लेख्य प्रगति गरेको र बचत ऋणका साथ साथै कृषि र कृषकका लागि राम्रो कार्य गरेकोले सुदुरपश्चिममा मलको अभाव हुन नदिन तथा सहकारीका प्रवद्र्धनात्मक कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

११ हजार बढी शेयर सदस्य भएको सहकारीले, बचत तथा ऋणका सेवा साथ साथै, रेमिटान्स, आईएमई, कष्टम हायरिङ्ग सेन्टर, बिज वृद्धि केन्द्र , मलखाद विक्री वितरण केन्द्र सञ्चालनमा गर्दैै आएको छ । आगामी दिनमा दिनमा हाट बजार, दुग्ध संकलन तथा बिक्री केन्द्र तथा स्कुल अफ को–अपरेटिभ सञ्चालनमा ल्याईने कार्य वडा, नगर, प्रदेश सरकारको सहयोग आवश्यक रहेको कार्यकारी प्रमुख प्रेम सिंह भाटले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...