

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ओदालीस्थित श्री शिद्धनाथ बैजनाथ मन्दिर सेवा समितिको १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेसन सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको सभा वाट मन्दिर समितिको नयाँ कार्य समिसत चयन भएको छ ।
समितिको १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेसन प्रमुख अथिति वार्ड अध्यक्ष भुपेन्द्र सिंह रावलको प्रमुख आथित्य तथा निवर्तमान अध्यक्ष कठायतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ९ सदस्यीय कार्य समित गठन गरिएको छ ।


नयाँ कार्य समितिका अध्यक्षमा समाजसेवी देवी भारतीय चयन भएका छन । समितिको उपाध्यक्षमा हर्केश विष्ट, कोषध्यक्षमा गणेश सावद, सचिवमा हरि दत्त जोशी, सह–सचिवमा शेर बहादुर विष्ट चयन भएका छन । सदस्यहरुमा गोपाल सावद, कृष्ण कठायत, लोकराज जोशी र अशोक बुढापाल चयन भएका छन भने महिला सदस्यहरुमा भागरथि सावद र हिरा भण्डारी चयन भएका छन ।
त्यस्तै समितिमा सल्लाहकारहरुमा डा. खगराज चटौत, लाल सिंह कठायत, नर बहादुर सावद, पदम ऐर तथा कानुनी सल्लाहकारमा टेक कठायत रहेका छन ।
धर्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा यस क्षेत्रको विकास र समृद्धिका लागी लागी पर्ने र मन्दिर परिसरका को निििश्चत क्षेत्र लाई धुम्रपान मध्यपान निषेधित क्षेत्र घोषणा गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने , मन्दिर मा हुने धार्मिक कार्यक्रमहरु पारदर्शि रुपमा सञ्चालन गर्ने , मन्दिरमा मा अभाव भएका भौतिक संरचनाहरुका लागी विशेष रुपमा पहल थाल्ने नयाँ चयन भएका अध्यक्ष देवि भारतीले बताएका छन ।

