ghar sansar

कोरिया जान पढ्दै छन् बेदकोटका मेयर !

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको कार्यकक्षमा पस्नु भएको छ भने तपाइर्एले अवश्य पनि टेबुलमा नोट्स राखिएको पाउनु हुनेछ । कहिलेकाँही त मेयर बोहरा अंग्रेजी भाषाको त्यो नोट्स  पढ्दै गरेको पनि देख्नु हुनेछ । यो दृष्य देखेर तपाईलाई अनौठो लाग्न सक्छ । तर स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित बोहरा केही महिनादेखि आफ्नो कार्यकक्षमा पढेको मात्रै होइन, अनलाइन कक्षामा पढाई गरि रहेका पनि देखिन्छन् ।

‘हो, आज भोलि म फेरि पढ्दैछु, अहिले फेरि विद्यार्थी भएको छु’ केही दिन अघि कार्यकक्षमा भेटिएका मेयर बोहराले नोट्स देखाउँदै भने, ‘पाँच छ महिना भयो, यो पढ्दैछु, यसमा हाम्रो नगरको विकास कसरी गर्ने भन्ने कुरा छन्, अनि चार घण्टाको अनलाइन क्लास पनि लिई रहेको छु ।’

,orning glory badhai

एसिया प्यासिफिक मेयर्स एकेडेमीले आगामी कार्तिक पहिलो साता दक्षिण कोरियामा आयोजना गर्ने विकास सम्बन्धि कार्यशालाका लागि छनौट भएपछि उनले बेदकोट नगरपालिकाका विकासका विषयमा पढ्न थालेका हुन् । एकेडेमीले कार्यशालामा सहभागी हुने मेयर बोहरा सहित अन्य देशका जनप्रतिनिधिलाई आफ्नो क्षेत्रका विकासका विषय वस्तु छनौट गर्न लगाएर सबैका लागि अनलाइन कक्षा सञ्चालन गरेको हो ।

‘एसिया र प्रशान्त क्षेत्रका मेयरहरुका लागि कोरियामा हुने कार्यशालाका लागि नेपालबाट हामी तीन चार जना छनौट भएका छौ, छनौट भएपछि नेपाल सहित अन्य सबै देशका जनप्रतिनिधिलाई सहभागी गराएर अनलाइन कक्षा सञ्चालन गरिएको छ’ मेयर बोहराले भने,‘विहान १० बजेदेखि चार घण्टासम्म हुने कक्षामा सबैले आ–आफ्नो क्षेत्रका समस्या र विकासका कुरा उठाउँछन्, एक आपशमा अनुभव आदानप्रदान गर्छौ, छलफल हुन्छ ।’

मेयर बोहराका अनुसार कार्यशालामा सहभागी हुने सबै मेयरले आ–आफ्नो स्थानीय तहका विकास सम्बन्धि योजना छनौट गरी अनलाइन कक्षामा छलफल हुने गरेका छन् । उनीहरु सबैले आफ्नो क्षेत्रका योजना छनौट गरी कक्षाका लागि नोटबुक बनाएर तयार गरेका छन् ।

dirghayi clinic

मेयर बोहराले अनलाइन कक्षाका लागि जैविक मल, बायो ग्याँस र छाडा चौपाया व्यवस्थापनका योजनालाई चाहिने बजेट सहित प्राथमिकता दिएका छन् । त्यस बाहेक उनी प्राकृतिक विपद्, नदी नियन्त्रण लगायतका अन्य विषय वस्तुबारे पनि कक्षामा छलफल हुने गरेको बताउँछन् ।

बेदकोट नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गरेको बेदकोट नगरपालिका ४ बैतोडामा मेयर बोहराको बायो ग्याँस प्लान्ट र जैविक मल उत्पादन कारखना बनाउने योजना छ । त्यस अनुसार अहिले बैतोडामा ५ सय बढी छाडा पशु चौपाया व्यवस्थापन गरिएका छन् ।

‘छाडा पशु चौपायामा खाली समस्याका रुपमा हेरिएको छ , व्यवस्थापनका नाममा खाली खोरभित्र राखेर मात्रै भएन’ उनले भने,‘यी चौपाया व्यवस्थापनबाट नगरको विकास र जनतालाई कसरी सेवा सुविधा र फाईदा दिन सकिन्छ भनेर बायोग्याँस र जैविक मल कारखनाको योजना ल्याएका हौ ।’

बेदकोट नगरपालिकासित चौपाया व्यवस्थापन सहित अन्य योजना बनाउन रकम नभएकाले सहयोगीको खोजीमा लागेको मेयर बोहराले बताए । ‘अहिले ती सहयोगीका रुपमा एसिया प्यासिफिक मेयर्स एकेडेमी पाएका छौ, यी योजनामा के कति बजेट चाहिन्छ, नगरपालिकाले कति सहयोग गर्न सक्छ भन्ने विषयमा पनि कुराकानी हुन्छ’ उनले भने ।
मेयर बोहराका अनुसार छाडा पशु चौपाया व्यवस्थापनका लागि चार करोड, बायोग्याँस प्लान्ट बनाउन १६ करोड र जैविक मल कारखनाका लागि एक करोड बजेट चाहिने भएको छ । मेयर बोहराले आवश्यक बजेट सहित योजना सम्बन्धि विस्तृत जानकारी समावेश गरी एकेडेमीलाई पठाइ सकेका छन् ।

कोरियामा हुने तीन दिने कार्यशालामा अहिले अनलाइन कक्षामा सहभागी हुने सबै मेयरले आ–आफ्नो क्षेत्रको योजनाबारे विस्तृत छलफल गर्ने भएका छन् । कार्यशालापछि ती योजना कार्यान्वयनका लागि अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यशाला कार्तिक ६ देखि ८ गतेसम्म (अक्टोबर २३ देखि २५ तारेख )सम्म हुनेछ । 

‘तीन दिनमा एसिया प्यासिफिक क्षेत्रका मेयरसापहरुको अनुभव हासिल गर्न सकिन्छ, एक आपशमा समस्या, सम्भावना र विकासका कुराकानी आदानप्रदान हुन्छ’ उनले भने,‘समग्रमा यसले बेदकोट नगरपालिकाको विकासलाई सहयोग पुग्ने विश्वास लिएको छु ।’

Himal dental
सम्बन्धित
Loading...