

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कोषाध्यक्षमा कञ्चनपुरका खगेन्द्र नाथ चयन भएका छन् । संघको दिपालय राजपुरमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट नाथ कोषाध्यक्ष भएका हुन् ।
बेदकोट नगरपालिकाका नाथ युवा संघमा लामो समयदेखि आवद्ध छन् । प्रदेश अधिवेशनबाट अरुण कुँवर अध्यक्ष भएका छन् ।


संघको प्रदेश उपाध्यक्षमा बम बहादुर शाही, सचिव प्रकाश खड्का, सह सचिव ः दीपेन्द्र खड्का र राम बहादुर रोकाया र महिला विभाग प्रमुख श्रीया सिंह चयन भएका छन् ।
संघका निर्वाचन समितिका अनुसार प्रदेश समितिमा कैलालीबाट १३, कञ्चनपुर १०, अछाम ७, डोटी, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराबाट ६÷६ जना सदस्य गरि ६६ जना सदस्य चयन भएका छन् ।
एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्मेलन उद्घाटन गरेका थिए ।

