

महेन्द्रनगर । नेकपा (एमाले) सुदुरपश्चिम प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनबाट प्रदेशको युवा खुल्ला सदस्य तर्फ निर्विरोध निर्वाचित भएका छन् । एमालेमा विद्यार्थी राजनीतिबाट आएका उनी धनगढीमा सम्पन्न प्रथम अधिवेशनमा युवातर्फ खुला सदस्यमा निर्विरोध भएका हुन् ।

ऐरीले अनेरास्ववियुको जिल्ला अध्यक्ष, अञ्चल सचिव हुँदै केन्द्रीय सदस्य, सचिवालय सदस्य र स्थायी कमिटी सदस्य सहित सुदुरपश्चिम प्रदेश सह–इन्चार्ज भएर काम गरि सकेका छन् ।

उनले विगतको सबै अनुभवले आफूलाई पार्टीको प्रदेश कमिटीमा युवाको तर्फबाट प्रतिनिधित्व भएको उल्लेख गर्दै नयाँ अध्यायको शुरुवात भएको बताए ।

