ghar sansar

पश्चिमी सीमा नाकामा मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम

little buddha academy
khasi

पप्पु गुरुङ्ग
महेन्द्रनगर । लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान. अन्तर्गत माईती नेपाल पश्चिमी सीमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम गरेको छ् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान– २०८० को अवसरमा सीमा नाकामा कार्यक्रम गरिएको छ ।

लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं नारा सहित माईती नेपाल कञ्चनपुरको आयोजना र नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानियबासी तथा बिभिन्न संघ–संस्थाको समन्वयमा कार्यक्रम गरिएको छ ।

,orning glory badhai

dirghayi clinic

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सीमा नाकामा आवतजावत गर्नेहरुलाई लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेत गराएको बताइन् ।

नेपालमा लैङ्गिक हिंसाका कारण र मानब बेचबिखनको अवस्था र पीडितको उद्दार र पुनस्थापनामा माईती नेपालको भुमिका बारे माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी गराएका थिए ।

महिला र पुरुष बिचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आ–आफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने धारणा माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले ब्यक्त गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...