ghar sansar

जनतालाई सोधेर बेलौरीको मेयरका लागि फेरि आगामी चुनाव लड्न चाहन्छिन् एमाले नेतृ कमला बोहरा

khasi

महेन्द्रनगर । एमाले ११ औ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित कमला बोहराले गत बर्ष फागुन २१ को निर्वाचन अघि पार्टी सिद्वान्त विचार, नीति, कार्यक्रम अघिल्लो निर्वाचनमा जसरी हेर्ने अवस्था नभएको बताएकी थिइन् ।

त्यति बेला ठूला दललाई लोकप्रितावादको नारा चिर्न सबैभन्दा ठूलो चुनौती हुने बोहराको भनाई थियो ।

तत्कालिन सत्तारुढ काँग्रे्रेस एमाले र माओवादीका लागि दल विरुद्ध बनेको गलत भाष्य र लोकप्रियतावादको नाराले ठूलो समस्या पर्ने निष्कर्षमा बोहरा पुगि सकेकी थिइन् ।

एमाले १० औ महाधिवेशनबाट लगातार केन्द्रिय सदस्य भएकी बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

एमालेले फागुन २१ को चुनाव टिकट दिएर बोहराको स्थानीय तह निर्वाचन हारको पीडा शान्त पार्ने प्रयास गरेको थियो । त्यसका लागि केही दिन मात्रै एमालेले उनलाई साँसदको टिकट दिएर सान्तवना दिइ रह्यो ।

एमालेले सार्वजनिक रुपमा टिकट घोषणा गरे पनि बोहराले चुनाव लड्न पाइनन् । केही दिनमै उनको टिकट खोसिएको थियो । त्यसपछि उनी मेयरमा हारको भन्दा बढी पीडा टिकट भोग्नु पर्ने अवस्थामा पुगिन् ।

एमालेमा विद्यार्थीबाट राजनीतिमा आएकी उनी गाउँ, क्षेत्र, जिल्ला कमिटी सदस्य हुँदै केन्द्रिय कमिटी पुगेकी हुन् । एमालेभित्र कम उमेरका केन्द्रिय कमिटी सदस्य भित्र बोहरा पनि छन् ।

‘कक्षा ६ मा पढ्दा नै अनेरास्वबियुको स्कुल कमिटी सचिव भएकी बोहरा त्यसपछि अखिलको जिल्ला कमिटी हुँदै केन्द्रीय कमिटी सदस्य भएकी थिइन् । त्यही समयमा एमालेको गाउँ कमिटी उप सचिव भएर पार्टी राजनीतिमा आएकी थिइन् ।

बोहारा अखिलको पूर्व केन्द्रीय महिला विभाग प्रमुख हुन् । विद्यार्थी र पार्टी दुवै राजनीतिमा सक्रिय हुँदै पार्टीको पनि जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा पुगेकी हुन् ।

बोहरा कम उमेरमा केन्द्रीय कमिटी सदस्य नेतासंगै टिकट खोसिने नेताको सूचीमा पनि परेकी छन् ।

बोहराले फागुन २१ को निर्वाचनमा कञ्चनपुर १ बाट टिकट पाएकी थिइन् । एमालेका केन्द्रिय उप महासचिव लेख राज भट्टले उम्मेदवारको नाम घोषणा गर्दा बोहराको नाम कंचनपुर १ बाट उम्मेदवारको सूचिमा थियो ।

एमाले कञ्चनपुरले बोहरा सहित तीन नेताको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

पार्टीले टिकेट दिएपछि बधाई आउने क्रम नरोकिँदै पार्टीले निर्णय हेरफेर गरी उनको टिकट तारालामा तामाङ्गलाई दिइयो । बोहरा पार्टीको निर्णय पछि अक्क न बक्क भइन् ।

पार्टी विरुद्ध बोल्न न निर्णय विरुद्ध जान नसक्ने अवस्था उनी सामु आयो । टिकट खोसिएपछि चुपचाप सहेर उनी पछि उम्मेदवार तामाङगलाई चुनाव जिताउन चुनावी प्रचारमा सक्रिय भइन् ।

‘पार्टीले म माथि अन्याय त गरेको थियो, त्यो पीडाले मलाई व्यक्तिगत रुपमा निकै अफ्ट्यारो परेको थियो’ उनी भन्छिन्, ‘तर मसित त्यो सहन बाहेक अरु बिकल्प थिएन्, म सानैदेखि एमाले भएको भएकी हुँ, म एमालेको सिपाही हुँ,त्यसले म पार्टी निर्णय बाहिर जान सक्दिन ।’

dirghayi clinic

चुनाव प्रचार सुरु भएपछि बेलौरीमा गरिएको पत्रकार सम्मेलनमा बोहरालाई टिकट खोसिएको बारे पत्रकारले जिज्ञासा राखेका थिए । उनले पार्टी निर्णय अनुसार टिकट आएकोले आफू उम्मेदवार तारालामा तामाङ्गलाई चुनाव जिताउन लाग्ने बताएकी थिइन् ।

एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण जैसी, उम्मेदवार तामाङ्ग लगातत नेता पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।
बोहराले एमाले जनताको पार्टी भएको र चुनावमा बिश्वास गर्ने व्यक्त गरेकी थिइन् ।

तामाङ्ग २०७९ को निर्वाचनमा कञ्चनपुर १ बाट निर्वाचित भएका थिए । उनी एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा बेलौरीका मेयर पोतिलाल चौधरीसित पराजित भएकी थिइन् ।

चौधरीले ८ हजार ७ सय ८७ मत ल्याउँदा बोहराले ६ हजार ८ सय ३ मत ल्याएकी थिइन् ।

निर्वाचनमा एमाले बेलौरी ३ र ४ मा पुरै प्यानल, तथा ६ नम्बर वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

बोहरा एमालेका देशभरका २७ मेयरका उम्मेदवारमध्ये एक थिइन् । बोहराले चुनावमा बेलौरीलाई समृद्धिको बाटोमा लैजान चाहेको बाचा गरेकी थिइन् ।

निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारीलाई प्रमुख एजेण्डा बनाएर बोहरा चुनावी मैदानमा गएकी थिइन् ।

बोहरा स्थानीय तहको मेयर राजतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक भएको बताउँछिन् ।

बेलौरी कञ्चनपुरको पुरानो सदरमुकाम हो । बोहराले जनता बहुमुखी क्याम्पस स्ववियु सभापति हुँदा सिंहदरवारको अधिकारलाई गाउँमा व्यहारिक प्रयोग गर्न पर्ने आवाज उठाएकी थिइन् ।

बोहरा बेलौरीको पहिचान दिन मेयरका लागि मैदानमा गएको बताउँछिन् ।

कानून र राजनीतिक शास्त्रमा स्नातकोत्तर बोहरा बेलौरीको पुरानो शान फर्काउने गरी काम गर्ने अठोट व्यक्त गर्छिन् ।

बेलौरी राणाकाल सहित १ सय ३ बर्ष सम्म सदरमुकाम थियो । २०१९ मा सदरमुकाम ुसुडी बजार (महेन्द्रनगर) सारिएको थियो ।

सदरमुकाम सारिएपछि ओझेल परेको बेलौरी बजारलाई पुन आधुनिक बजार बनाउने योजना इच्छा बोहराले राखेकी छन् ।

२०७१ बैशाख २५ गते साविक श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गाविस मिलाएर बेलौरी नगरपालिका बनाईएको थियो ।

बेलौरीलाई ‘मोडेल रेसिडेन्सी र आधुनिक शहरको नगरपालिका’ भन्ने नाराका साथ अगाडि बढने अठोट बोहराको छ ।

२०७९ को निर्वाचनबाट निर्वाचित कार्यकाल सकिन लागेपछि बोहरा फेरि मेयरमा चुनाव लड्न नलड्ने चर्चा हुन थालेका छन् ।

बोहराले अझै निष्कर्षमा पुग्न सकेकी छैनन् । ‘ आगामी स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयर लड्ने कुरा म जनतालाई सोध्छु, परिस्थिति अनुसार निर्णय लिन्छु’ उनी भन्छिन् ।

Himal dental
सम्बन्धित
Loading...