ghar sansar

काँग्रेसभित्र कसरी चिनिन्छन् केशव चन्द

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशव चन्दले शुक्रबार अधिवेशन उद्घाटन समारोह समापन गर्दै नरम, शालिन र नेता कार्यकतालाई उत्साहित बनाउने भाषण गरे ।

काँग्रेस संस्थापन इतर समूहको एकता कायम राख्न र इज्जत बढाउन आफूहरूले सबै त्याग्न तयार हुनु पर्ने बताए ।

आफूहरू विशेषका सबै पद छाडेर लागेको उल्लेख गर्दै उनले त्यसको लालचले लागे आफूहरूको एकता र प्रतिवद्वताले सार्थकता नपाउने चन्दले बताए ।

‘विशेषवालाको काठमाडौ जाने महाधिवेशन प्रतिनिधिको पद, महासमिति जाने पद, जिल्लामा हुने पद, नगरमा हुने पद, क्षेत्रीय कार्य समितिमा हुने पद त्याग गरेर बसेका साथीहरू हौ’ क्षेत्रीय सभापति चन्दले भने ।

आफ्ना नेता कार्यकर्तालाई कहीं कतै अलमल नगरी एकता र प्रतिद्धतालाई निष्कर्षमा पुगाउन चन्दले आग्रह गरे ।

‘हामीलाई अब त्यो लालचले हाम्रो भावना कही ठेस पुग्यो, हामीलाई कतै द्विविधामा पा¥यो, कही अलमलियौ भने यो हाम्रो एकता प्रतिबद्धता बजन गर्दैन, इज्जत बढ्दैन, त्यस कारण मेरो अनुरोध के छ भने जुन जुन साथीले प्रक्रिया पुगाएर नेपाली काँग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न साथ सहयोग मागेका छौ, आज पनि अपरिहार्य छ, भोली पनि अपरिहार्य छ, त्यसका लागि म धन्यवाद दिन चाहछु’ उनले भने ।

काँग्रेस १४ औ महाधिवेशनबाट सभापति निर्वाचित गत वर्ष काँग्रे्रेस संस्थापनले दिएको अद्यावधिक जिम्मेवारी अस्वीकार गरेका थिए । त्यसपछि प्रदेश क सभापति पदमराज अवस्थीलाई कञ्चनपुर ३ मा अद्यावधिक संयोजक बनाइएको थियो ।

काँग्रेस विशेष महाधिवेशनपछि उनी संस्थापन इतर समूहमा छन् । संस्थापनले अद्यावधिक गर्न थालेपछि ३ नम्बर क्षेत्रका २० वडाले अद्यावधिक बहिस्कार गर्ने घोषणा गरेका थिए ।

शुक्रबार क्षेत्रीय सभापति चन्दले १४ औ महाधिवेशनबाट निर्वाचित शेर बहादुर देउवालाई अपमानित गर्ने कार्य सह्य नहुने उल्लेख गर्दै आफूहरू काँग्रेस विधान सम्मत पार्टी गतिबिधि भएको बताए ।

पूर्व गृहमन्त्री रमेश लेखक प्रमुख अतिथि भएको कार्यक्रमको अध्यक्षता चन्दले गरेका थिए ।

dirghayi clinic

चार दिन अघि असोज २० गते भीमदत्त नगर अधिवेशन उद्घाटन कार्यक्रममा उनले कडा भाषण गरेका थिए ।

काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका चन्द सरल, प्रष्ट वक्ता र मिजासिला स्वभावका नेता मानिन्छन् ।

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबका उनी राजकीय पद नलिई काँग्रेसमा पार्टी र संगठन निरन्तर लागि परेका नेतामा गणना हुने गरेका छन् ।

प्रष्ट बोल्ने चन्दले नगर अधिवेशनमा अतिथि भएर कडा रुपमा भाषणा गरेपछि पूर्व राज्यमन्त्री भारतीले प्रशंसा गरेकी हुन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा उनी चुनाव लडेर सभापति भएका थिए । ३ सय ३० मत ल्याएका चन्दले गणेश नेगीलाई पराजित गरेका थिए ।

१४ औं महाधिवेनशमा उनी पूर्व गृहमन्त्री रमेश लेखकको टीमबाट चुनाव लडेका थिए ।

चन्दसित पराजित नेगी काँग्रेस संस्थापनमा छन् । केही दिन अघि भएको क्षेत्रीय अधिवेशनमा उनी फेरि क्षेत्रीय सभापतिमा पराजित भएका थिए ।

पार्टी राजनीतिमा आउन अघि चन्द तरुण दलमा थिए । तरण दलबाट क्षेत्रीय सचिव हुँदै उनी सभापति भएका हुन् ।

नगर अधिवेशन उद्घाटन काँग्रेस नेता एनपी साउँदले गरेका थिए । क्षेत्रीय सभापति चन्दले मन्तव्य राखेपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व राज्य मन्त्री मधुदेबी भारतीले आफ्नो शुभ कामना मन्तव्य राखेकी थिइन् ।

पूर्व राज्यमन्त्री भारतीले चन्दको भाषणको तारिफ गरेकी थिइन । उनले सभापति चन्दले कडा भाषण गरेको र त्यसमा उल्लेखित सबै शब्द मनन योग्य भएको बताएकी थिइन ।

‘वहाँको यो कडा र जोशिलो भाषण सुनेर म निकै खुसी छु, अहिले हामीले गर्न पर्ने यस्तो हो, यसमा मेरो पनि समर्थन छ’ उनले भनिन् ।

काँग्रेस संस्थापन इतरले पार्टी कार्यालय प्राङ्गगणमा टेन्ट लगाएर नगर र क्षेत्रीय अधिवेशन उद्घाटन गरेको हो । शुक्रबार क्षेत्रीय अधिवेशन सुरु भएपछि टेन्ट हटाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...