ghar sansar

धनगढीको माया मेट्रोमा दोधारा चाँदनीका सवारी दुर्घटनाका गम्भीर घाइते दीपक भट्टको निःशुल्क उपचार

khasi

महेन्द्रनगर । सवारी दुर्घटनामा परी गम्भीर घाइते दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ। अस्पतालले भट्टको उपचारमा लागेको करिब नौ लाख रुपैयाँ मिनाहा गरेको हो ।

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो ।

dirghayi clinic

भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र खर्चसमेत धेरै लाग्ने भएपछि परिवार चिन्तित बनेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि अस्पतालले निःशुल्क उप’चार गर्ने निर्णय गरेको हो ।

भट्टको १५ दिन भेन्टिलेटर, २० दिन सघन उपचार कक्ष (आईसीयू) र त्यसपछि सामान्य शय्यामा राखेर उपचार गरिएको थियो । लामो उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र उपचार सफल भएको अस्पतालले जनाएको छ ।

उपचारमा न्युरोसर्जन डा. हरि पौडेल, जिआई सर्जन डा. विनय तिमिल्सिना, अर्थोपेडिक सर्जन डा. विकास पाण्डे, डा. रितेश पोखरेल, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्ट र डा. ललित धामी संलग्न थिए ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...