ghar sansar

पश्चिमी सीमा नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको पुष्टि, गड्डाचौकीका सई सहित सबैलाई जिप्रका तानियो

little buddha academy
khasi

महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज सहितका सबै प्रहरी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । जिल्ला प्रहरी कार्यालयले यलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक(सई) दिग्गज ठकुराठी सहितका १६ प्रहरीलाई बुधबार प्रहरी कार्यालय तानेको हो ।

उनीहरुले भारतीय सीमा बजार वनबासाबाट साइकल केयरिङ्ग गर्ने महिलाबाट अनुचित लाभ लिएको आशंकामा प्रहरी कार्यालय तानिइ्एको छ । अहिले इलाका प्रहरी गड्डाचौकीमा नयाँ इन्चार्ज सहित प्रहरी परिचालन गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जिल्लाले दिएको टास्क अनुरुप ईप्रका गड्डाचौकीले काम गर्न नसकेपछि जिल्ला तानिएको बताए । कञ्चनपुर प्रमुख प्रमुख थापाले नियमित प्रकृया अनुरुप इन्चार्ज सहितका १६ जना प्रहरी जिल्ला तानिकएको बताए ।

भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक(सई) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राती नै जिल्ला तानिएको प्रहरी स्रोतको दाबी छ ।

एसपी थापाले भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको सिङ्गो टिमलाई नै जिल्ला तानिएको बताए ।

उनका अनुसार उनीहरुमाथि अनुचित लाभ लिए÷नलिएको विषयमा अनुसन्धान गरिने बताए । अहिले जिल्ला प्रहरी कार्यालयले महेन्द्रसिंह थापाको नेतृत्वमा नयाँ प्रहरी सहित टीम गड्डाचौकी पठाएको छ ।

Himal dental
सम्बन्धित
Loading...